सदियौँअौँसीकाे कालरात्रतिमा
चुर्लुम्म डुबेर निशासिएकाे
मेेराे हीराकाे देश
मेराे निलाे मणिकाे देश
खलातीलेझैँ सास फेरेर
मूर्दा बनेर बाँचेेकाे मेराे देश
मेराे देशलाई माया गर्छु भन्दा
फाँसीकाे फन्दामा
झुन्डिनुपर्ने मेराे देेश
मूर्दा बनाएर निरपराध
नेपाली जनतालाई
ओठमा ताल्चा,कानमा ठेडी
हातमा हतकडी,खुट्टामा नेल
अनेक तिकडम र झेल
सहदै आर्तनाद गर्ने
मूर्दा बनेर बाँचेका
निरपराध नेपाली जनता
बिभाजन र विखण्डनमा परेका
शिरमाथि दासताकाे पहाड बाेकेर
पददलित बनेका थङ्थिलाे
श्रमिक,सर्वहाराहरू
न्यायकाे न्यानाे सूर्यलाई
कालाे बादलले ढाक्दा
न्यायकाे न्यानाे घामबाट बिमुख
संसारका निर्माताहरू
सामन्ति क्रुर पहाडले थिचेकाे
मेराे सार्वभौमिकता
कसरी मुक्त हुन सक्थ्याे ?
हाेनहार नेपाली आमाका
सपूतहरूले
जीवन उत्सर्ग नगरी
त्याग र वलिदानकाे
कीर्तमानी गाथा नकाेरी
उत्तेजित रगतका फाेहराले
आँधीमय उथल पुथल बनेर
कुरूपताका नाइकेहरूलाई
कठालाे समातेर
घाेडाबाट नखसाली
लूटकाे स्वर्गमा
आगाे नझाेसी।
यही महान् लक्ष बाेकेर
मुक्ति कि मृत्युकाे कसम खाई
शिरमा राताे कफन बाँधेर
रक्त रञ्जित हँसिय,हथौडा अङ्कित
लाल झण्डा फहराउँदै
निस्के नेपाली आमाका सपूत
जेठाे,माइलाे,साइलाे
अन्तरे,जन्तरे,खन्तरे…
निस्के रणचण्डी बन्दै जेठी मगर्नी
माइली तमाग्नी,साइली दमिनी
त्याे मुक्ति युद्धकाे महा समरमा
निस्क्याे थवाङकाे जेठाे मगर
निस्के हिमाल,पहाड,तराईका
हाेनहार सन्ततिहरू।
त्याे महान् त्याग र वलिदान
त्याे महान् उत्सर्ग
त्याे उदात्त समर्पण
त्याे अजम्बरी सपना
रगतकाे आहालमा पौडदै
रक्तनदीका भेलतर्दै
सफल भयाे स्वर्ग भत्काउन
गर्ल्याम गुर्लुम ढल्याे
शाेषणकाे आलिशान हवेली ।
कसैले स्वीकार गर या नगर
कालाे चश्माले हेरेर त्यसलाई
कालै भन या आतङ्क भन
त्याे श्वेत आतङ्कका बिरुद्ध
लालआतङ्क थियाे
त्याे असत्यमाथि
सत्यकाे विजय थियाे
त्याे उत्सर्ग,त्याे त्याग,त्याे वलिदान
जनताकाे महान् युद्ध थियाे
जात,जाति,वर्ग,लिङ्गकाे
समग्र युद्ध थियाे
त्याे वास्तविक जयुद्ध थियाे
नेपाली जनता
पूर्ण मानव भएर बाँच्न पाउने
त्याे सामग्र युद्ध थियाे ।
फागुन एक
नेपालकाे इतिहासमा
नवयुग निर्माणकाे
अनुपम नयाँ पाइलाे थियाे
समृद्ध जीवनकाे
महान् आकाङ्क्षा थियाे
सदावहार सपना थियाे ।
आज मेराअगाडि
धेरै प्रश्नचिन्ह खडा छन्
रगतले साटेकाे गणतन्त्रमा
किरा,धमिरा सल्बलाएका छन्
महान् शहीदका रगतले
प्रश्न गरिरहेका छन्-
धुपौरेलाई बाँड्न देशकाे ढुकुटी
हाम्राे वलिदान थिएन
विपन्न जनताले सिटामाेल नपाउने
हाम्राे उत्सर्ग थिएन
त्याे न्यायिक युद्ध थियाे
त्याग र वलिदानकाे अपमान
त्याे हाम्राे सपना थिएन
यस्ताे विभेदकारी गणतन्त्र
महान् जनयुद्धकाे लक्ष थिएन ।
त्याे भीमकाय युद्धकाे
पानी जहाजकाे मस्तुल
किन टेढाे भएकाे छ यतिबेला ?
त्यसकाे शक्तिशाली प्रकाश विम्वले
किन देखाउदैन गन्तव्यकाे बाटाे
किन दिग्भ्रमित भएकाे छ
त्याे महान् यात्रा ?
कप्तान !
सिधा गर मस्तुललाई
नपार गाेलचक्करकाे चक्रवातमा
सिधा पार त्याे दिव्य प्रकाश विम्वलाई
पूरा गर महान् शहीदका
अजम्बरी सपनालाई।