फागुन ६ विराटनगर ।
नेकपा(क्रान्तिकारी माओवादी) समर्थक अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ प्रदेश नम्बर १ को प्रथम प्रदेश भेला भव्यताका साथस म्पन्न भएको छ ।
फागुन ६ गते शनिवार प्रदेश नम्बर १ को राजधानी विराटनगरमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले विष्णु चौधरीको अध्यक्षतामा २५ सदस्य प्रदेश कमिटि चयन गर्दै सचिवको जिम्मेवारी रत्न पराजुलीलाई तोकेको छ । सदस्यहरुमा टंक भट्टराई,बरुण चौधरी , हेम राई, सुजन राई,गंगा बहादुर विश्वकर्मा, जमुना उराव,गणेश चौधरी,गोपी भण्डारी, जुगेश्वर पाश्वान,भोला ऋषिदेव,हृदयनारायण शाह, शिवनारायण चौधरी, विनोद पाश्वान् । मछिन्द्र पोखरेल, भक्त विश्वास, श्याम दर्नाल र सन्तोष हेमरम लगायत रहनु भएको छ ।
भेलाको प्रमुख अतिथी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष इश्वर तिमिल्सना रहनु भएको थियो । उहाँले पुर्वको मजदुर आन्दोलनले हरेक राजनीतिक परिवर्तनको अगुवाइ गरेको बताउदै अबको नयाँ जनवादी आन्दोलनको अगुवाई पनि पुर्वका मजदुरहरुले गर्नु पर्ने भनाई राख्नु भयो ।

भेलामा पार्टीका पोलिटब्यूरो सदस्य सिताराम तामाङ्गले पार्टीको भविष्य मजदुरहरुको हातमा रहेको बताउदै हरेक अफ्ठ्यारो अवस्थामा पनि अगाडि बढ्न सक्ने मान्छे मात्र क्रान्तिकारी मजदुर हुने र त्यस्तै मजदुरहरुले नेतृत्व गरेमात्र श्रमजीवी वर्गको हातमा राज्यसत्ता आउने भनाई राख्नु भयो । तमाङ्गले जनवादी क्रान्तिले मात्र मजदुरको हित गर्ने भन्दै त्यसका लागि शसस्त्र जनविद्रोह आवश्यक रहेको स्पष्ट पार्नु भयो ।
सोहि भेलामा नवनिर्वाचित कमिटिलाई शुमकामना दिदै पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेश १ का इन्चार्ज दिनेश शर्माले राणा शासन अत्य गर्न समेत पुर्वका मजदुरहरुको ठूलो योगदान भएको बताउदै संघीय जनगणतन्त्र स्थापना गर्न पनि मजदुर आन्दोलनले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले देशभरीका मजदुरहरु एक भएर १ घण्टा मात्र पुरै देशलाई ठप्प पार्ने हो भने श्रमजीवी वर्गले अधिकार हातमा लिन सक्ने तागत नेपालका क्रान्तिकारी मजदुरहरुको हातमा रहेको धारणा राख्दै नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
उक्त भेलामा पार्टीका प्रदेश सेक्रेटरी सरल ,पार्टीका केन्द्रिय सदस्य तथा मजदुर संगठन प्रदेश १ का फ्याक्सन इन्चार्ज साजन तथा अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघका प्रदेश १ इन्चार्ज विएस पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रथम प्रदेश भेलाबाट अध्यक्षमा निर्वाचित हुनुभएका चौधरीले प्रतिवद्धता व्यक्त गर्दै सदैव मजदुरको पक्षमा उभिने विश्वास दिलाउनु भयो । उहाँले मजदुर एक भए संसार जित्न सकिने र एक हुन नसके आफ्नो अधिकारबाट समेत बञ्चित हुुनु पर्ने भनाई राख्नु भयो ।
भेलाको अध्यक्षता विष्णु चौधरीले र संचालन रत्न पराजुलीले गर्नु भएको थियो ।


























