दाङ/ईश्वरीप्रसाद गैरे
२२, माघ/ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घकाे लुम्बिनी प्रदेशकाे दाेस्राे भेला हिजो शनिबार भालुवाङमा सम्पन्न भएको छ । भेलाले केन्द्रीय सदस्य समेत रहेका दाङका नरेन्द्र बन्जाडेलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हाे ।
उक्त भेलालाई महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर तिमल्सिना, महासचिव बसन्त बाेगटी, नेकपा क्रान्तिकारी माअाेवादीका प्रदेश सेक्रेटेरी भुपेन्द्र न्याैपाने, पार्टीका दाङ जिल्ला ईन्चार्ज समीर केसी, देजमाे प्रदेश उपाध्यक्ष ईश्वरीप्रसाद गैरे तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मनाेज थापाले भेला सफलताको शुभकामना मन्तब्य राखेका थिए । भेलालाई सम्बाेधन गर्ने वक्ताहरुले देशमा चलेका हरेक क्रान्तिमा मजदुर किसानहरुले अग्रणी भुमिका निभाउँदै अाएकाे बताउँदै गणतन्त्र प्राप्ति हुँदा पनि उनीहरु माथिको शाेषण र अत्याचारमा अझै कमी नअाएकाे बताए । यसका लागि क्रान्तिकाे कार्यभार अझै बाँकी रहेकाले संसदीय व्यवस्थाकाे अन्त्य गर्दै जनगणतन्त्र स्थापना गर्न सङ्घर्ष गर्नुपर्ने धारणा व्यक्त गरे ।
साे भेलाले नरेन्द्र बन्जाडेलाई अध्यक्षमा चयन गर्याे भने अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ज्ञान बहादुर परियार सचिव उमानन्द शर्मा, कोषाध्यक्ष ज्ञान बहादुर खत्री र सदस्यहरुमा ईन्द्र परियार, चन्द्र प्रकाश पोख्रेल, डण्ड पुलामी, मिलन बि क (सेक्युरिटी) लासरिफ खाँ (कृषि मजदुर), मोहनलाल शर्मा (निर्माण मजदुर) रहेको प्रदेश समिति चयन गरेको छ ।
प्रदेश राजधानी रहेको भालुवाङमा सम्पन्न भेला प्रदेश संयाेजक राजु भुजेलकाे अध्यक्षतामा भएको थियो भने सञ्चालन नरेन्द्र बन्जाडे र स्वागत केस भिम काफ्लेले गरेका थिए ।