काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनको राष्ट्रिय भेला सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतीकको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले संगठनको केन्द्रीय अध्यक्षमा इन्दिरा अधिकारीलाई निर्वाचित गरेको छ ।
भेलाले उपाध्यक्षमा डा.सञ्जिव योञ्जन र दिलबहादुर, महासचिवमा डा.आकाश अर्याल, कोषाध्यक्षमा पम्फा नेपाली, सचिवमा महानन्द भट्ट र युवराज खड्कालाई निर्वाचित गरेको छ ।
भेलाले २१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको नवनिर्वाचित अध्यक्ष इन्दिरा अधिकारीले जानकारी दिनुभयो ।
भेलामा प्रमुख अतिथि प्रतीक, जनयुद्धका सहिद तथा वेपत्ता योद्धा परिवार समाजका अध्यक्ष दिनेश शर्मा सागर, नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश ३ का सेक्रेटरी सुरेश श्रेष्ठ, नेपाल राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्चका नेता श्याम केसी, अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय महासचिव शारदा महत, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमल्सिना, अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहाल र ठाकुर तिमल्सिनाले भेला सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भेलामा देशका विभिन्न जिल्लाबाट प्रतिनिधि पर्यवेक्षकहरुको उपस्थिति रहेको थियो ।