काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरको पौष ३० उद्घाटन गरिएको जिल्ला भेलाको आज बन्द सत्र सम्पन्न भएको छ ।
आज (शनिबार) सम्पन्न बन्द सत्रले सुजाता रोकालाई जिल्ला अध्यक्षमा निर्वाचित गरिएको छ । त्यसैगरी उपाध्यक्षमा प्रकाश खत्री, सचिवमा राजकुमार, सहसचिवमा रुपक खाती र कोषाध्यक्षमा काशीनाथ पहाडीलाई निर्वाचित गरिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा महासंघका प्रदेश फ्र्याक्सन इन्चार्ज पुष्कर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न बन्द सत्रमा महासंघका अध्यक्ष इश्वर तिमल्सिना, नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा ललितपुर जिल्ला इन्चार्ज कगेन्द्र, महासंघका प्रदेश संयोजक कुमार घताने, क्रान्तिकारी माओवादी ललितपुरका सेक्रेटरी जगदीश्वर महर्जन लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।