चितवन । देशभक्त जनगणतन्त्रिक मोर्चा नेपालको चितवन जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ। भेलाले भेलाले बाबुराम प्यासीको अध्यक्षतामा एक्काइस सदस्य रहेको जिल्ला समिति निर्वाचित गरेको छ।
उक्त समितिलाई नेकपा (क्रान्तिकारी माओवादी)का भरतपुर महानगर इन्चार्ज सुरेश गौतमले बधाई तथा शुभकामना दिनुभएको थियो ।
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य घननाथ सापकोटा विकासको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता बाबुराम प्यासीले गर्नुभएको थियो ।
भेलामा प्रमुख अतिथि विकाससहित अखिल नेपाल किसान संघ (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रकाशबाबु खनाल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का जिल्ला अध्यक्ष शान्ति वि. क., अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष विकास रसाइलीले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त भेलामा स्वागत मन्तव्य देशभक्त जनगणतन्त्रिक मोर्चा नेपालको जिल्ला सदस्य रामचन्द्र वि.क.ले राख्नुभएको थियो ।