बेलिसरा

बेलिसरा

साताको कविता


सास फेर्न नपाउँदै दिन ढल्के
थकाइ बिसाउन नभ्याउँदै कासुघाटको ओरालोमा
गाईवस्तु झर्दै छन् कि ग्वालाहरू हुन् ?

दिनरात गाउँ चहार्छन् हत्याराका हुल
ठनास्दै होश राख्दै
डोकोको पिंधमा चीजबीज ढाकी खोस्मेराले
खोस्मेरामाथि दाउराका चाङ
बोक्दै थाप्लोमा नाम्लाको पातो मिलाउँदै
घुर्मैलो पछ्यौरी आढडेकी बेलिसरा
सधैंझैँ ऊ आफ्नो बाटो हिंड्छे
थुप्रै फेरा जीवनका मूल्य माग्ने
साइदुवाहरूको सामुन्ने, रत्तिभर नडराइ हिंड्छे
बेलिसराको मनै फेरिएको छ
साहस बढेर आउँछ रे
उसलाई हिम्मत बढेर आउँछ रे
कहिले डालोको पिँधमा सामग्री,
सामग्रीमाथि गोलभेडा
तोरीको साग बोकेर बजार पुग्छे बेलिसरा
सुरक्षित पुयाउँछे सामग्री गोप्य ठाउँमा
बेलिसरा श्रमजीवी नारी हो
ऊ गरिबकी जहान हो
सधैँ आफ्नो काम बोकेर गल्ली–गल्ली चहार्छे
घरघर गोलभेंडा डुलाउँछे, तरकारी पु¥याउँछे
चित्त नबुभ्mदो तरकारीको भाउ समाउँछे
श्रमको होइन, श्रमशक्तिको मूल्य कमाउँछे ।

सधैंभरि घाटाको जीवन बेहोरेकी बेलिसरा
श्रमिकहरूको भन्दा श्रमचोरहरूको सुखी जीवन किन ?
मनमा चिसो पसेको छ
बेलिसरालाई यी सब जान्न खाँचो परेको छ
साँच्चै हिजो आज बेलिसरा,
ज्यानको खतरा मोलेर हिंड्छे
त्यही खतरामा जीवनको मूल्य पाएकी छु भन्छे
त्यस्ता खजना बारम्बार ओसारपसार गर्छे
खबर पु¥याउँछे, खबर ल्याउँछे
तरकारी बेच्दै, ऊ हरेक ठाउँ पुग्छे
दुश्मनको मुख्यालयमा जनताका विरूद्ध के हुँदैछ ?
तुरून्तै रिपोर्ट पुयाउँछे ।

बर्खेझरीमा हिलोले खाएको खुट्टा कन्याउँदै
जुकाले चुसेको जिउबाट रगत बगाउँदै
पसिनाले नुहाउँछे अमिलै गन्हाउँदै
मेलापात धाउँछे बेलिसरा
धेरैजसो मेलापातमा नौलो भाका सुनाउँछे
तर्साउने गीत गाउँछे
अत्याउने गीत गाउँछे
खेतालाहरूलाई अखपै मन खुल्ने गीत गाउँछे
दिनभरि कजिएर, सञ्जेमा घर आउँछे बेलिसरा
थाकेको बेला
एक घान मकैले पुग्दैन बच्चाहरूलाई
सिंगानको लोप्रा चाटेर
माटोको डल्ला निलेर
पेट भर्ने कर्णधारलाई जन्माउने बेलिसरा
काखमा च्यापेर ती मुटुका टुक्राहरूलाई
हिजोआज रातभरि के गर्छे ऊ ?

ऊ नयाँ योजना बनाउँछे
टुकी बालेर सिरानीमा राखेको कागजात
सुन्दर संसारको दस्ताबेज
मयलले कलेटी परेको पटुकीमा बेरेर
भाले नबास्दै
एक ठाउँबाट अर्को ठाउँ पु¥याउँछे
हरेक फाँटमा सरिक हुन्छे बेलिसरा
तिमीले पत्ता लगाउँन सके, के गर्छौ बेलिसरालाई ?

थुप्रै अमानवीय यातना चखाउला,
सर्वाङ्ग नाङ्गो पारेर चिथोरौला, परान हालौला
चोक्टाचोक्टा पारेर मासु चपाउला बेलिसराको
तिम्रो सर्च अभियानले के सजाय दिन सक्छ
मृत्युसँग खेलिसकेकी छ बेलिसरा ऊ डराउँदिन
तिमी डराउँछौ आफ्नै अभियानको हारसँग
घाँसभित्र बम बोकेर हिंड्छे बेलिसरा
घाँटीमा गोलीको माला पहिरेर
कैयौंपटक समरमा भिडेकी छे बेलिसरा
तिमीजस्ता थुप्रैलाई ढालेकी छे बेलिसराले ।

नमिठै भए पनि खोई हामीलाई एक पेट खान ?
नराम्रै भए पनि खोई हामीलाई एक आङ लाउन ?
चुहिएकै भए पनि खोई हाम्रो झुप्रो घर ?
गरेका थियौ र हाम्रो निम्ति हित ?
तिम्राविरुद्ध हामी नबोलौं ?
दिएका छौ र कुनै अधिकार ?
तिम्रा विरुद्ध जाई नलागौं ?