सहिद मिना मरहट्टा; सङ्घर्ष र बलिदान

सहिद मिना मरहट्टा; सङ्घर्ष र बलिदान

प्रस्तुति ः मोदनाथ मरहट्टा

मध्य पहाडको एउटा गाउँ पञ्चायती युगमा रुमल्लिइरहेको छ । एकाध धनी किसानहरू बाहेक अधिकाँश निम्न किसानहरू रहेको गोरखाको हर्मी, त्यही गाउँको पूर्वी सिमानामा खेती किसानी गरेर जीवन निर्वाह गरेका पदमनिधी मरहट्टा आत्म निर्भर किसान थिए । तीन छोराको जन्म भएपछि उनीहरूको लालन पालन र शिक्षा दीक्षामा पदमनिधीको ठूलो दायित्व थियो । भर्खर खुलेको युनाइटेड मिशन टु नेपालको मिसनरी स्कुल घर नजिकै भएकोले पनि छोराहरूलाई विद्यालय भर्नामा उत्सुकता बढ्नु स्वभाविक थियो । छोराहरू पनि लगनशील बने र सरासर कक्षा उत्तीर्ण भए । गाउँमा रोजगारीको व्यवस्था थिएन । तीन भाइ एसएलसी उत्तीर्ण पछि रोजगारीतिर लागे । जेठा र माइला शिक्षण पेशामा पसे भने कान्छो नेपाली सेनामा भर्ना भए । पहाडको गृहस्थी मेट्रिकसम्म पढेको जेठो छोरोको समयमै बिबाह भयो । तिनै जेठो छोरो नरनाथ र अयोध्याको कोखबाट २०३४ साल साउन २९ गते पहिलो सन्तानको रूपमा मिना मरहट्टाको जन्म भयो । छोरा पुस्तामा छोरीहरूको जन्म नभएकोले पदमनिधीलाई नातिनीले पढे लेखेको हेर्ने औधी रहर थियो । गाउँको त्यतिबेलाको चलन पहिलो पटक छोरी जन्मिई भने त्यसपछिका भाइबहिनीको धरालो बन्नुपर्ने बाध्यता थियो । मिनापछि उनका तीन जना भाइहरू जन्मिइसकेका थिए । उनलाई धरालो बन्न हजुरबाले दिनु भएन । मिनाको बुबा त्यतिबेला गोरखा सदरमुकाममा शिक्षण गर्थे । माइलो बा घर पायकी खोप्लाङमा शिक्षण गर्थे । २०३९ सालको पुसको एक बिहानै माइलो बाको हात समातेर उनी नजिकैको महेन्द्र लिला निमाविको शिशु कक्षमा भर्ना भइन । साँझ बिहान हजुरबाको काखमा बसेर सग्ला अक्षरहरू सिक्न थालिन । उनी कक्षा एकमा पढ्दै गर्दा उनका माइलो बा मोदनाथ पनि सोही विद्यालयमा सरुवा भै आए भने उनका बुबा नरनाथ पनि घर पायकको विद्यालय आँपपिपल माबिमा सरुवा भई आए । दुबै बाहरू शिक्षक भएकोले पढ्ने वातावरण सहज भयो ।

मिना बिछट्ट प्रतिभाकी छात्रा थिइन् । उनका बा जिल्लाभित्रका बिज्ञान शिक्षकहरू मध्ये अब्बल शिक्षक भित्र पर्थे । उनमा माक्र्सवादी दर्शनको गहिरो ज्ञान थियो भने तात्कालीन मशालका जिल्ला तहका नेता पनि थिए । अर्कोतिर माइलो बा कला साहित्यको रुचि भएको र एउटै विद्यालय भएकोले मिनाको प्रतिभाले फष्टाउने मौका पायो । उनी नाच्ने गाउने र गीत कविता लेख्ने गर्न थालिन् । विद्यालयमा हुने वक्तृत्व प्रतियोगितामा सकृयतापुर्वक भाग लिन्थिन् । बाहरू गाउँमा हुने होची अर्घेलीका विरुद्ध न्याय निसाफमा उत्पीडकको विरुद्ध खडा भएको देख्थिन् बुझ्थिन् । पयञ्चायती व्यवस्था विरुद्ध ०४५÷०४६ को आन्दोलनको रापताप त्यस क्षेत्रमा सक्रियतापुर्वक फैलियो । मिनाहरू सो आन्दोलनमा होमिए । २०४६ को सीमित परिवर्तनपछि त्यसक्षेत्रमा तात्कालीन अखिल छैठौको सङ्गठन बिस्तार भयो र मिना जिल्ला समितिमा छानिइन् । एकातिर साङ्गठानिक जिम्मेवारी छ अर्कोतिर तीन भाइ बाहरूका १० सन्तान मध्येकी जेठी छोरी हुनुले सबै भाइबहिनीको पढाइमा अविभाकीय भूमिकाको अतिरिक्त अन्य गतिबिधिमा पनि उनले साथ दिँदै गइन् ।

एसएलसी उत्तीर्णपछि उनी गोरखा क्याम्पस भर्ना भएर उच्च शिक्षा हासिल गर्दै थिइन् । २०५२ सालबाट माओवादीले जनयुद्ध सुरू ग¥यो । फागुनको पहिलो हप्ता उनकै गाउँको एउटा सुदखोर व्यापारीमाथि कुटपिट भयो । गाउँमा प्रहरी पस्यो र उनका बा माइलोबा लगायत धेरैलाई पक्राउ ग¥यो । यो घटनाले उनलाई बिद्रोहको लागि मलजल ग¥यो । कारण जो जो व्यक्ति पक्राउ परे ती सबै निर्दोष थिए । जुनदिन घटना घट्यो उनका बा घरमा थिएनन् तर मुख्य दोषी उनैलाइ मानियो । नरनाथ जेल चलान गरिए । माइलो बा तारेखमा रिहा भए । परिवारमा आइपरेको यो स्थितिले उनलाई बिद्रोहीको मोर्चामा सामेल हुन प्रेरणा दियो । तर भुमिगत रूपमा सङ्गठनमा काम गर्दै प्रमाणपत्र तहको अध्ययन पूरा गरिन ।

२०५४ चैत्रमा माइलो भाइ गिरफ्तारमा प¥यो । त्यतिबेला भाइको उमेर १६ बर्षको मात्र थियो । यो घटनाले उनीभित्रको बिद्रोहको गति तेज भयो । उनी आफ्नो पढाइ छोडेर पूर्णकालीन बन्ने अठोट गरिन् ।

गोरखा जिल्लामा माओवादी बिद्रोहले पूर्ण आकार लिइसकेको थियो । सबैजसो माविहरूमा अखिल छैठौँको सङ्गठन निर्माण भएर गतिबिधिमा उत्साहित थिए । मिनाको जिम्मेवारी त्यस्ता विद्यालयमा सङ्गठन निर्माण र परिचालनमा केन्दृत भयो । अनायास २०५५ भाद्रमा उनी पक्राउ परिन् र जेल चलान भइन् । जेलमा उमा भुजेल, गीता नहर्की लगायत साथीहरू भए । उनीहरूले जेल बिद्रोहको योजना बनएर २०५७ चैतमा बिद्रोह गरे । जेल बिद्रोहपछि उनी पार्टीको विशेष जिम्मेवारीमा रहिन् । यसै सन्दर्भमा पार्टी भित्रकै योजनामा शिव लामिछानेसित २०५८ साउनमा बिबाह भयो । शिव लामिछाने सन्दिघ्ध चरित्रको पात्र रहेछ । पार्टीले पनि चिनेन र उनले पनि चिन्न सकिनन् । २०५८ मङ्सिरबाट सङ्कटकाल लागेपछि एकीकृत सुरक्षा फौजको राइँदाइँ शुरु भयो । शिव लामिछानेले सेनाको ब्यारेकमा आत्मसमर्पण ग¥यो । शिवले आत्मसमर्पण मात्र गरेन पक्राउ गर्न सेनालाई सहयोग ग¥यो । कयौँ सेल्टरमाथि खानतलासी हुन थाल्यो ।

सेनाले मिनाका बालाई पक्राउ ग¥यो । पुस १५ गते मिनाको माइलो भाइ महिन्द्रको छेपेटारमा हत्या ग¥यो । त्यो हत्या गराउनमा शिवको भूमिका रह्यो । लगत्तै मिनाको जेठो भाइ पक्राउ परे । उता चितवनमा कलेज पढ्दै गरेको कान्छो भाइ हरि पनि पक्राउ परे । भाइको सहादतको खबर लिएर मिना पुस २८ गते घरमा आमाहरू र बहिनीहरूलाई शन्त्वना दिन घर आइन् । साँझ केहिबेर बसेपछि उनी टिम सहित अन्यत्र सेल्टरमा लागिन् । माघ १ गते एउटा सेल्टरबाट अर्को सेल्टरमा सर्दै गरेको अवस्थामा छोप्राक खेपुवा भन्ने ठाउँमा सेनाले घेराबन्दी ग¥यो र उनलाई गिरफ्तार गरी हत्या ग¥यो । उनको शव बेवारिसे अवस्थामा बारिमा मिल्काएर सेना फर्कियो । यसरी मरहट्टा परिवारको मात्र नभइ सिङ्गो आन्दोलनले एउटा होनाहार प्रतिभा गुमाउन पुग्यो ।