पुस २१, काठमाडौं ।
नेपालका तीनवटा महिला संघले भारतको दिल्लीस्थित इरानी राजदुतावास मार्फत् इरानी राष्ट्रपति इब्राहिम रइसलाई विरोध–पत्र पठाएका छन् । मुस्लिम महिलाहरुको पोशाक हिजावको विषयलाई लिएर एक २२ वर्षीय छात्रा माशा अमिनीको प्रहरी हिरासतमा मृत्युपछि इरानी सरकारको विरोधमा उत्रिएका आन्दोलनकारीहरु माथि इरान सरकारले दमन गर्दा ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ । तीन महिला संघका प्रमुखहरुले विरोध पत्रमा हस्ताक्षर गरेका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष अम्विका मुडभरी, अखिल नेपाल महिला संगठनकी केन्द्रीय अध्यक्ष अन्जना तामाङ र अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष सूर्या थापाले विरोधपत्रमा हस्ताक्षर गरेका छन् । विरोधपत्र २०७९ पौष २१ गते (२०२३ जनवरी ५) मा इमेल मार्फत् भारतको दिल्लीस्थित इरानी राजदुतावासमा पठाइएको छ ।
छात्रा माशा अमिनीलाई गत सेप्टेम्बर १३, २०२२ का दिन इरानको नैतिकता सम्बन्धी प्रहरीले हिजाव सही किसिमले नलगाएको भनेर गिरफ्तार गरेको थियो । गिरफ्तार भएपछि तीन दिनपछि सेप्टेम्बर १६ मा उनको मृत्यु भएको थियो । सरकारमा उत्रिएका आन्दोलनकारीहरुले हिजाव च्यात्ने, जलाउने र कपाल काट्ने गरेका थिए । आन्दोलन इरान बाहिर इंग्ल्याण्ड, फ्रान्ससम्म फैलिएको थियो ।
सन् १९७९ को इस्लामिक क्रान्ति भन्दा पहिले इरानमा हिजाव अनिवार्य थिएन । इस्लामिक क्रान्तिपछि सरकारले हिजाव अनिवार्य बनायो । नैतिकता सम्बन्धी प्रहरी संगठन गठन गरिएको छ । हिजाव ठीक किसिमले लाएको, नलाएको र इस्लामिक कानुन पालना गरिएको नगरिएकोबारे पर्यवेक्षण गर्ने काम नैतिकता सम्बन्धी प्रहरीले गर्दछ ।
विरोधपत्रमा निम्न मागहरु पनि राखिएको छ ः
१) शान्तिपूर्ण आन्दोलनमाथिको दमन तुरुन्त बन्द गरिनु पर्दछ ।
२) आन्दोलनमा घाइते भएका र आन्दोलनमा हत्या भएका परिवारहरुलाई क्षतिपूर्ति र राहतको व्यवस्था गरिनुपर्दछ ।
३) इरान सरकारले लागु गरेको पोशाक कानुन (डे«स कोड) बारे पुनर्विचार गरी त्यस कानुनलाई बदल्नुपर्दछ र महिलाहरुले आफ्नो इच्छा अनुसारको पोशाक पहिरिने स्वतन्त्रता हुनुपर्दछ ।
४) संयुक्त राष्ट्र संघको एउटा जिम्मेवार सदस्यको हैसियतले इरान सरकारले संयुक्त राष्ट्र संघले सूचीकृत गरेको मानव अधिकारलाई पालना गर्नुपर्दछ ।”

 

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर