बिष्णु पुन (अन्जना)को सङ्क्षिप्त परिचय

बिष्णु पुन (अन्जना)को सङ्क्षिप्त परिचय

प्रस्तुति ः ईश्वरीप्रसाद गैरे
बिष्णु पनुको जन्म अहिलेको त्रिबेणी गाउँपालिका वडा नम्बर १ बल्लेजुरा रुकुम पश्चिममा भएको थियो । बुबा बलराम पुन र आमा मिरा पुनको कोखबाट २०३९ जेठ ३ गते जन्मनुभएकी बिष्णुलाई पार्टीमा कमरेड अञ्जना नामले चिनिन्थ्यो ।

२०४७ साल असार ३ गते उहाँकै गाउँ नजिक दाङचुङमा प्राथमिक विद्यालय खुल्यो । उक्त श्री कालिका प्राथमिक विद्यालय दाङचुङमा बिष्णुले एक कक्षामा भर्ना भई औपचारिक शिक्षा सुरुवात गर्नु भएको थियोे । कक्षा ५ सम्मको त्यस विद्यालयमा अध्ययन गर्दा उहाँको पढाई लेखाई अब्बल थियो । उहाँ सानोदेखि नै लगनशील अध्ययनशिल मेहनती हुनुहुन्थ्यो । म पनि त्यही विद्यालयको पहिलो शिक्षक भएको कारणले उहाँको बाल्यकाल, घरको आर्थिक अवस्था देखेको थिएँ र विशेष ब्यवस्थापन गरेर हामीले विद्यालयबाट पनि सहयोग गर्ने गर्दथाँै । जनयुद्धको प्रभावमा परेको गाउँ स्थानीय प्रहरी प्रशासनको दमन रोमियो अप्रेसन, किलो शेरा टु जस्ता अप्रेसन दाजुभाइ दिदीबहिनी माथि भएको भिषण दमन सानो उमेरदेखि देखेकी भोगेकी बिष्णु उमेरको उतारचढाव सङ्गै उहाँको जिवनले पनि सङ्घर्ष गर्नु नै देश मुक्त गर्ने बलियो अस्त्र रहेछ भन्ने कुरा बुझ्नुभयो । हामी किन पछाडि परेकाछौँ ? के कारणले हो सर ? भन्दै प्रश्न तेर्साएर गतिलो उत्तर सानो उमेरदेखि खोजिरहनुहुन्थो ।

उहाँले दिब्यचक्षु निमावि रुँघाबाट सात कक्षा उत्तीर्ण गरेपछि उहाँको पढाई रोकियो । आठ–दस पढ्न मावि सिम्रुतु जानु पथ्र्यो जहाँ ‘जनताको दुस्मन’ पुलिसको चौकी थियो । उहाँ सानो उमेरमा बालकल्ब सदस्य विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) सदस्य समेत भएकोले स्थानीय प्रहरी प्रशासनलाई सुराकी मार्फत् नाम लिष्ट पुगिसकेको थियो ।

बालकल्बबाट राजनीति सुरु गरेकी कमरेड अन्जना पठनपाठनमा अब्बल हुनुहुन्थ्यो भने सामाजिक उत्पीडनका विरूद्ध दरिलो सङ्घर्ष गर्नुपर्छ भन्दै सांस्कृतिक परिवार सदस्य, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) जिल्ला सदस्य, गाउँ जनसरकार समिति सदस्य जस्ता महत्वपूर्ण सङ्गठनहरूको जिम्मेवारी सम्हाल्नु भएको थियोे । उहाँको स्वाभाव मिलनसार, सरल तर आन्दोलनप्रति दृढविश्वास थियो । वर्गदुश्मनप्रति तीव्र घृणा गर्नुहुन्थ्यो । उहाँ २०५५ सालदेखि कलाकार टिममा खट्नुभयो र सोही समयदेखि पूर्णकालीन सदस्य बन्नुभएको थियो । विभिन्न मोर्चामा रहेर पार्टीले दिएको जिम्मेवारी सहजताका साथ सम्हाल्दै आउनु भएको कमरेड अन्जनाको बिबाह कमरेड अठोट (चन्द्रबहादुर खड्का) सँग भएको थियो । उहाँको विश्वास क्रान्तिकारी सङ्घर्षको उच्च मूल्याङ्कन गर्दै २०५८ असारमा पार्टीको सदस्यता प्राप्त गर्नु भएको थियो ।

२०५८ मा पार्टीले ल्याएको अग्रगामी छलाङको योजनाको सिलसिलामा शक्ति केन्द्रित अभियान अन्तरगत जिल्ला भित्र र जिल्ला बाहिर चलेको सांस्कृतिक कार्यक्रममा नेतृत्वदायी भूमिका खेल्नु भएको थियो । खारामा अभियान चलिरहेको समयमा २०५९ सालमा खाराका गाउँ बस्तीहरूमा खटिएको समयमा स्थानीय सुराकीको सुराकमा उहाँले सेल्टर लिनु भएको घर सतिपोले ब्यारेकमा रहेको तत्कालीन शाही नेपाली सेनाले घेरा हाल्यो । त्यही घरबाट निहत्था रूपमा रहेका कमरेड अन्जना र उहाँको जीवनसाथी कमरेड अठोटलाई गिरफ्तार ग¥यो । गिरफ्तारिमा परेता पनि कमरेड अठोटले सेनाको घेरा तोडेर भाग्न सफल हुनुभयो भने कमरेड अञ्जना बिरामी भएको कारणले घेरा तोड्न सक्नु भएन । उहाँलाई रुकुम रोल्पाको सिमाना रहेको डल्सिङ्गे भन्ने ठाउँमा चरम यातना दिई २०५९ साल पुस १९ गते गोली हानेर हत्या ग¥यो । यसरी एक क्रान्तिकारी उर्जाशील कमरेड अञ्जनाको नाम वीर सहिदको सूचिमा चढ्न गयो ।

कमरेड अञ्जनाका बुबा बलिराम पुन आमा मिरा पुन एक दिदी गिता र भाइ दिलिप पुन हाल पश्चिम रुकुमको त्रिबेणी गाउँपालिका वडा नम्बर १ बल्लेजुरामा हुनुहुन्छ ।