महाकालीमा भारतको बलमिच्याइँ विरुद्ध स्थानीयले गरे ढुंगामुढा

महाकालीमा भारतको बलमिच्याइँ विरुद्ध स्थानीयले गरे ढुंगामुढा

९ पुष काठमाडौं ।
भारतले सहमति विपरित दार्चुलाको सिमा क्षेत्रमा पर्ने महाकालीको भागमा विवादित तटबन्ध निर्माणको काम फेरि अगाडि बढाएको छ
महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी भइरहेको उक्त तटबन्ध निर्माणप्रति स्थानीयले विरोध गरेपछि केही समय अघि नेपाललाई असर पर्ने गरी तटबन्ध नबनाउने सहमति गरेको भारतले सो सहमति विपरित निर्माणको काम अघि बढाएको छ ।
भारतीय पक्षले तटबन्ध निर्माणका क्रममा विवाद भएपछि केही साता अगाडि नेपाल र भारतका स्थानीय प्रशासनबीच छलफल भएको थियो । सो छलफलमा महाकाली नगरपालिका–४ रिङे ताल क्षेत्रमा महाकालीको धार नेपालतिर फर्काउने गरि बनाइएको संरचना १० दिनभित्र हटाउन भारतीय पक्ष सहमत भएको थियो । तर सो समय घर्केको लामो समय बितिसक्दा पनि भारतीय पक्षले संरचना हटाएको छैन । विवादित क्षेत्रमा तत्काल काम अगाडि नबढाउने र दुवै देशका स्थानीय प्रशासन अधिकारीबीच छलफल पश्चात् सो प्रक्रियामा जाने सहमति भएको थियो। तर भारतीय पक्षले फेरि महाकाली नेपालतिर फर्किने गरि बांगाबगर क्षेत्रमा तटबन्ध बनाइरहेको हो ।
भारतीय पक्षले महाकाली नदीको धार नेपालतिर फर्काउने गरि तटबन्ध निर्माणको काम अगाडि बढाएपछि भारतको उक्त बलमिच्याइँ विरुद्ध स्थानीयले ढुंगामुढासमेत गरेका छन् । यसअघि पनि महाकाली वारि र पारीका नागरिकबीच ढुङ्गा हानाहान नै भएको थियो ।