
इश्वरीप्रसाद गैरे/दाङ
८, पुस/ नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) दाङ जिल्लाको दोस्रो जिल्ला भेला हिजो विहिबार घोराहीमा सम्पन्न भएको छ ।
सङ्गम केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नवनिर्बाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष ईश्वरीप्रसाद गैरेले विद्यालय तथा जिल्ला स्तरमा शैक्षिक सुधारका लागि महत्वपूर्ण भुमिका खेल्न र त्यसका लागि गरिने सकारात्मक कामको नेतृत्व यही कार्य समितिले गर्न सकोस् भन्दै बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रम सञ्चालन लक्ष्मी विकले गरेकी थिइन् भने भेलाको अध्यक्षता निवर्तमान जिल्ला अध्यक्ष मनोज थापाले गरेका थिए ।