काठमाडौं । अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष तथा ने.क.पा (क्रान्तिकारी माओवादी)का प्रदेश सदस्य कमरेड किरणकुमार अधिकारी थारुकाे हृदयघातकाे कारण असमायिक निधन भएकाे १२ आैं दिनमा सिराहा जिल्लाकाे लाहान-२२ जहादी (उहाँकाे घर)मा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ। अखिल (क्रान्तिकारी) मधेस प्रदेशकाे आयाेजनामा गरिएकाे उक्त कार्यक्रमकाे अध्यक्षता राम शंकर थारुले गर्नु भएकाे थियाे । अखिल(क्रान्तिकारी)का अध्यक्ष तथा ने.क.पा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य हरिकृष्ण गजुरेलकाे प्रमुख आतिथ्यतामा ने.क.पा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य राम नारायण सिहं, अखिल(क्रान्तिकारी)की उपाध्यक्ष शिलु न्याैपाने , महासचिव पेशल दाहाल, काेषाध्यक्ष रन्जित साह, राैटहट जिल्ला सेक्रेटरी प्रहलाद साह, सिराहा जिल्ला सेक्रेटरी शम्भु शाह अतिथिकाे रुपमा उपस्थित हुनुहुन्थ्याे ।
श्याम अधिकारी थारुले स्वागत मन्तव्य राख्नु भएकाे कार्यक्रममा युवा अभियन्ता राजेश विद्रोही र प्रवेश लामाले दिवंगत किरण थारुसंग गरिएका सहकार्यका अनुभवजन्य संस्मरण गर्नुभयाे । यस्तै नेता राम नारायण सिहंले किरण कुमार अधिकारीले कलेज जीवन देखिनै इमान्दारीताका साथ आफ्नाे जीम्मेवारीलाई बहन गर्दै अाउनु भएकाे र कहिल्यै पदका लागि मरीहत्ते नगर्ने एक निष्ठावान नेता भएकाे बताउनु भयाे ।
यस्तै श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि हरिकृष्ण गजुरेलले उहाँले कहिल्यै पनि आफ्ना जीवनका समस्या नराख्ने क्रान्तिप्रति प्रतिबद्ध विद्यार्थी नेता भएकाे बताउनु भयाे।
उहाँले कमरेड किरण थारुकाे स्मृति गन्थ प्रकाशन गर्ने पनि जानकारी दिनुभयाे ।
दिवंगत नेता थारुकाे फाेटाेमा माल्यार्पणसहित सुरु भएकाे कार्यक्रममा उहाँकी जीवनसाथीलगायत परिवारका सदस्यहरु र स्थानीय गाउँबासीहरुकाे उपस्थिति रहेकाे थियाे ।