पौष ५, सुनसरी । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सुनसरीको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले बरुण चौधरीको नेतृत्वमा १५ सदस्य जिल्ला समिति निर्वाचित गरेको छ ।
भेलालाई प्रमुख अतिथि एवं महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, महासचिव बसन्त बोगटी, पार्टी केन्द्रीय समिति सदस्यद्वय डिल्ली बोहरा, पेमा लामा, बेनु बुढाथोकी सहितका नेताहरूले सम्बोधन गर्नुभएको थियो । भने समापन मन्तव्य १ नम्बर प्रदेश महासंघका अध्यक्ष विष्णु चौधरीले राख्नुभएको थियो ।
भेलालाई सम्बोधन एवं शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ईश्वर तिमिल्सिनाने “श्रम तथा रोजगारीको क्षेत्रमा सिर्जना भएका नयाँ-नयाँ संकटले मजदुरवर्ग र पुँजिपतिवर्गका बीचको अन्तरविरोध अझ तीव्र बन्दै गएको छ । यस परिस्थितिसँग जुध्न र विजय हासिल गर्न मजदुर आन्दोलनमा हामीले पनि नयाँ राजनैतिक वैचारिक र सांगठनिक हतियारको विकास गर्नुपर्छ । त्यसका निम्ति आजको नयाँ बहस सहित हजारौं मजदुरहरुको बीचमा संगठनलाई बिस्तार गर्न जरुरी छ ।” भन्दै पूर्वले यस प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको बताउनुभयो । “हामी महासंघको राष्ट्रिय सम्मेलनको नजिक छौं, यो सम्मेलन राजनैतिक वैचारिक एवं सांगठनिक जीवनको एउटा ऐतिहासिक सम्मेलन हुनेछ ।”
कार्यक्रमको संचालन महासंघका केन्द्रीय सदस्य संजय चौधरीले गर्नुभएको थियो ।