देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालकाे भक्तपुर अध्यक्षमा रामहरि गणेजु

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालकाे भक्तपुर अध्यक्षमा रामहरि गणेजु

 

भक्तपुर । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको दोश्रो भक्तपुर जिल्ला भेला शनिवार भक्तपुर कमलविनायकमा सम्पन्न भएकाे छ ।

‘पूँजीवादी वेथिति, विकृति, विसंगति र देशघात विरुद्ध देशभक्तहरु एक होऔं ! नयाँ जनवादी क्रान्तिको तयारीको लागि प्रथम जिल्ला भेला सफल पारौं !!’ भन्ने नाराका साथ सम्पन्न उक्त भेलामा विभिन्न वर्ग, जाति, क्षेत्र, समुदाय र पेशाका जनताको व्यापक उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मोर्चाका केन्द्रीय सचिव एवं ३ न. प्रदेश अध्यक्ष पवनमन श्रेष्ठले कार्यक्रमको उदघाटन गर्दै नयाँ जनवादी क्रान्ति विना शान्ति र विकास असंभव भएको वताउनु भयो । उहाँले देशमा वेथिती र देशघात विकराल बनेकोले सच्चा देशभक्तहरु एक हुनु पर्ने पनि प्रस्ट पार्नु भयो ।

मोर्चाका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज श्रीकृष्ण सुलुले राजनैतिक क्रान्ति पछि मात्र आर्थिक क्रान्ति संभव हुने उल्लेख गर्दै चीन, भारत लगायतको देशमा पनि त्यस्तै भएको तर नेपालमा उल्टो प्रचार भैरहेको प्रस्ट पार्नु भयो ।
पार्टीका केन्द्रीय सदस्य सोमान तामाङले उमेरले युवा भए पनि अन्धविश्वास, सामन्ती संस्कार र पूँजीवादी विचार वोकिराखे देश झन पछाडी धकेलिने भएकोले युवाहरु राजनैतिक रुपले सचेत हुनु पर्ने वताउनु भयो । उद्घाटन शत्र पछि सम्पन्न वन्द शत्रले राम हरि गणेजु अध्यक्ष, मदन लामा सचिव, दया किलम्बु कोषाध्यक्ष, राम कोजु, पदम लामा, राजु लोहला, कृष्ण प्रसाद घेमोसु, धीर जङ गुरुङ र निराजन गौतम सदस्य रहेको कार्य समिति पनि चयन गरेको थियो ।