एजेन्सी । कम्युनिस्ट पार्टी आफ फिलिपिन्सका संस्थापक अध्यक्ष जोस मिारिया सिसोन कमरेड जोमाको निधन भएको छ । नेदरल्याण्डको अटरेचमा ८३ बर्षको उमेरमा उहाँको निधन भएको हो । फिलिपिन्सका श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति कमरेड जोमाले माक्र्सवाद–लेनिनवाद–माओवादलाई पार्टीको पदप्रदर्शक सिद्धान्तको रुपमा आत्मसात गर्दै संघर्ष सञ्चालन गर्नुभएको थियो ।

फरबरी ८, १९३९ मा जन्मनु भएका कमरेड जोमाको १६ डिसेम्बर, २०२२ मा निधन भएको हो । उहाँ लेखक, अभियन्ता, कम्युनिस्ट क्रान्तिकारी नेता, दार्शनिकलगायतका व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो ।

हार्दिक शुभकामना !

सन् २००२ मा साम्राज्यवादी मुलुक अमेरिकाले उहाँलाई आतंकवादलाई समर्थन गर्ने व्यक्तिको लिस्टमा राख्यो । पछि २००९ को सेप्टेम्बरमा युरोपियन युनियनको दोस्रो उच्च अदालतले उहाँलाई सर्वस्ववसहित जन्मकैदको फैसला सुनायो । उहाँ नेदरल्याण्डमा राजनीतिक शरणार्थीको रुपमा बसेर फिलिपिन्सको फासिवादी सत्ता र व्यवस्थाका विरुद्ध निरन्तर रुपमा लडिरहनु भयो ।

मालेमावादको वैचारिक आलोकमा नयाँ जनमुक्ति सेना र राष्ट्रिय जनवादी मोर्चा बनाएर फिलिपिन्सको फासिवादी सत्ता र व्यवस्थाका विरुद्ध निरन्तर रुपमा सशस्त्र संघर्ष गरेको एक महान क्रान्तिकारी कम्युनिस्ट योद्धाको रुपमा स्मरण गर्दै विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरुले कमरेड जोमाको निधनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर