अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ काभ्रेको भेला सम्पन्न, अध्यक्षमा प्रदीप अस्तानी

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ काभ्रेको भेला सम्पन्न, अध्यक्षमा प्रदीप अस्तानी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ काभ्रेको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले प्रदीप अस्तानी अध्यक्ष र ज्ञानबहादुर लामा सचिव रहेको ११ सदस्यीय अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ काभ्रे जिल्ला समिति निर्माण गरेको छ ।

महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका जिल्ला नेतृत्व र महासंघका प्रदेश ३ का संयोजक कुमार घताने लगायत महासंघका केन्द्रीय
नेताहरुको समेत उपस्थिति रहेको थियो ।