काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालकाे काठमाडौं जिल्ला भेला सम्पन्न भएकाे छ ।
भेलाले अध्यक्षमा बन्धुदेव पाण्डे, उपाध्यक्षमा रविन्द्र मिश्र र बाेजराज श्रेष्ठ, सचिवमा कमला चन्द, सहसचिव गाेपाल कार्की, काेषाध्यक्ष गाेपालदास श्रेष्ठ र सदस्यहरुमा जवस माेर्चाका अध्यक्षहरु पदेन सदस्य रहने गरि २३ जनाकाे कमिटी चयन गरेकाे छ ।
देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका केन्द्रीय सचिव पवनमान श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा (क्रान्तिकारी माओवादी) कि केस तथा काठमाडौं जिल्ला इन्चार्ज सरु, पार्टी केस तथा जिल्ला सेक्रेटरी प्रकाश, पार्टी केस इन्दिरा अधिकारी लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।
बन्धुदेव पाण्डेयकाे अध्यक्षतामा भएकाे भेलाकाे सञ्चालन कमला चन्दले गर्नुभएकाे थियाे । भेलामा रविन्द्र मिश्रले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।
भेलाकाे खुल्ला सत्र सकिएलगत्तै भएकाे बन्द सत्रबाट बन्धुदेवकाे नेतृत्वमा २३ सदस्सीय जिल्ला कार्य समिति चयन गरिएकाे थियाे । नवनिर्वाचित समितिलाई भेलाका प्रमुख अतिथि श्रेष्ठले बधाइ ज्ञापन गर्नुभएकाे थियाे ।