काठमाडौं । अखिल (क्रान्तिकारी)द्वारा संगठनका केन्द्रीय उपाध्यक्ष किरण कुमार अधिकारी थारुकाे श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेकाे छ । दिवंगत अधिकारी थारुकाे फाेटाेमा माल्यार्पणसहित सुरु भएकाे कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेल, स्थायी समिति सदस्य रामसिंह श्रीस, पार्टी प्रवक्ता हरिभक्त कँडेल, लगायतका पार्टी नेताहरु र विध्यार्थी नेताहरुले माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गर्नुभएकाे थियाे ।
सिपी गजुरेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे अध्यक्षता संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले र सञ्चालन महासचिव पेशल दाहालले गर्नुभएकाे थियाे । कार्यक्रममा दिवंगत किरणकुमार थारुकाे संक्षिप्त जीवनी संगठनकी उपाध्यक्ष शिलु न्याैपानेले राख्नु भएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि सिपी गजुरेल, अतिथिहरु रामसिंह श्रीस, हरिभक्त कँडेलले श्रद्धाञ्जली मन्तव्य राख्नु भएकाे थियाे । सिरहाकाे लहानमा २०३७ कार्तिक ३ गते जन्मनुभएका विध्यार्थी नेता किरण कुमार थारुकाे हृदयघातका कारण २०७९ मंसिर २५ गते अल्पायुमै निधन भएकाे थियाेे ।