काठमाडौं ।  कवि बलराम तिमल्सिनाद्वारा लिखित “मामुली मान्छे” माथि आज परिचर्चा भएकाे छ । भुँडीपुराण प्रकाशनले केही समय पहिले बजारमा ल्याएकाे “मामुली मान्छे” कविता संग्रहमाथि प्रा.डा. ताराकान्त पाण्डेय, डा. अमर गिरी र धनकुमारी सुनारले परिचर्चा गर्नु भएकाे थियाे ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानमा भएकाे परिचर्चा कार्यक्रमलाई सम्बाेधन गर्दै इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे अध्यक्ष समेत रहनु भएका प्रा.डा. पाण्डेयले कवि बलराम तिमल्सिनाकाे कविता संग्रह “मामुली मान्छे” संज्ञान, साैन्दर्य र संकल्पका दृष्टिले सफल र अब्बल रहेकाे समालाेचकीय टिप्पणी गर्नुभएकाे छ ।
कवितामा प्रखर रुपमा वर्गबाेध, वर्गचेत अभिव्यक्त भएकाे र यथार्थ भाेगाइका बहु आयामहरु समेटिएकाे बताउनु भयाे । मामुली मान्छेमा समेटिएका कविताहरु मामुली मान्छेहरुका लागि एकदमै सुन्दर, अब्बल र उत्कृष्ट रहेकाे पनि परिचर्चा गर्नुभयाे ।
त्यसैगरी डा.अमर गिरीले कविताकाे शास्त्रीय मान्यता अनुसार केही नमिलेकाे जस्ताे देखिए पनि कवितामा वर्गनिष्ठा राम्राेसँग अभिव्यक्त भएकाे बताउनु भयाे ।
धनकुमारी सुनारले पनि कविता मामुली मान्छेहरुकाे मुक्ति र स्वतन्त्रतामा समर्पित भएकाे परिचर्चा गर्नुभयाे।
त्यसैगरी कार्यक्रमकाे अध्यक्षता समेत गर्नुभएका अखिल नेपाल लेखक संघका अध्यक्ष कवि मित्रलाल पंज्ञानीले तार्किकता, वैचारिक, इतिहासदृष्टि, सुल्झिएकाे इतिहास चेत, सुन्दर भविष्य दृिष्टकाेण कवितामा निकै राम्राेसँग अभिव्यक्त भएकाे चर्चा गर्नुभयाे । उहाँले कवि बलराम याे समयकाे सबैभन्दा उर्वर र वेगवान कवि भएकाे पनि दावी गर्नुभयाे ।
कवि बलराम तिमल्सिनाले आफ्नाे कविता संग्रहमाथिकाे परिचर्चा सुनेपछि आफुमा थप उर्जा प्राप्त भएकाे र चाँडै अर्काे कविता संग्रह प्रकाशनमा ल्याउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रमकाे सञ्चालन इश्वरी गुरागाईले गर्नुभएकाे थियाे । कार्यक्रममा साैन्दर्य चिन्तक निनु चापागाई, अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी लगायत साहित्यक तथा काव्यिक व्यक्तित्वहरुकाे उपस्थिति रहेकाे थियाे ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर