प्रदेश भेला गर्ने निणर्य गर्दै नेकपा(क्रान्तिकारी माओवादी)को प्रदेश बैठक सम्पन्न

प्रदेश भेला गर्ने निणर्य गर्दै नेकपा(क्रान्तिकारी माओवादी)को प्रदेश बैठक सम्पन्न

मंसिर २७ प्रदेश नम्बर १ ।
नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश नम्बर १ ले यहि आउदो पौष २५/२६ गते प्रदेश भेला गर्ने निर्णय गर्दै प्रदेश बैठक सम्पन्न गरेको छ ।


सुसरीको इटहरीमा यहि मंसिर २६ र २७ गते बसेको प्रदेश बैठकले क्रान्तिकारी माओवादी प्रदेश नम्बर १ को प्रथम भेला गर्ने निर्णय लिएको हो । बैठकले पार्टी सदस्यता नवीकरण तथा आवेदन फारम पौष १० गते सम्ममा सम्पन्न गरिसक्ने पनि निर्णय लिएको नेकपा(क्रान्तिकारी माओवादी)का प्रदेश सेक्रेटर सरलले जानकारी दिनु भयो । बैठकले प्रदेश पार्टी कार्यालय सचिवको जिम्मेवारी पार्टीका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज डिल्लीराम बोहोरालाई तोकेको छ । यसरी नै बैठकले युवा ,महिला ,मजदुर ,विद्यार्थी लगायत जनवर्गिय संगठनहरुको बैठक पौष दोस्रो हप्ता भित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।


बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ । जसमा पार्टीका केन्द्रिय सल्लाहाकार समितिका अध्यक्ष तथा आदिवासी जनजाति माहासंघका अध्यक्ष कमरेड ओम गुरुङ्ग, अखिल नेपाल महिला संघ(क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष तथा पार्टीका प्रदेश कमिटि सदस्य अम्विका रेग्मीकी आमा गायात्रा रेग्मीको निधन प्रति शोक प्रस्ताव पारित गरेको हो । यसरी नै अखिल(क्रान्तिकारी) का उपाध्यक्ष किरण कुमार अधिकारीको यहि मंसिर २५ गते भएको असायमिक निधन प्रति पनि शोक प्रस्ताव पारित गरेको छ ।


उक्त बैठकको प्रमुख अतिथी पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेश १ इन्चार्ज दिनेश शर्मा रहनु भएको थियो । उहाँले बैठकलाई सम्बोधन गर्दै नेकपा(क्रान्तिकारी माओवादी)का नेता तथा कार्यकर्ताले जनतासँग छोडिएर काम गनु पर्ने बताउनु भयो । आफ्नो पार्टीलाई संसदवादी पार्टीहरुसँग तुलना गर्न नहुने भन्दै नेपालमा क्रान्तिको आवश्यता दिनप्रतिदिन बढ्दै गएको स्पष्ट पार्नु भयो । नेता सिद्धिदैमा क्रान्ति र आन्दोलन नसिद्धिने भन्दै परिवर्तन पक्षधरहरु कोहि कसैसँग नडराई एकतावद्ध भएर जनवादी आन्दोलन पुरा गर्न लागि परेर अगाडि बढ्न आग्रह गर्नु भयो । बैठकको अध्यक्षता तथा संचालन पार्टीका प्रदेश सेक्रेटरी सरलले गर्नु भएको थियो ।