अखिल (क्रान्तिकारी) काे सुनसरी जिल्ला भेला सम्पन्न

अखिल (क्रान्तिकारी) काे सुनसरी जिल्ला भेला सम्पन्न

इटहरी । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)काे सुनसरी जिल्ला भेला सम्पन्न भएकाे छ । शुक्रबार भएकाे भेलाले विष्णु थापाकाे संयाेजकत्वमा सात सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेकाे छ । सम्मेलन आयाेजक कमिटिका सदस्यहरुमा अमृता राई, गङ्गा बस्नेत, युनिसा राई, भुवन कार्की, स्तुति राई, सुगत तामाङ रहनु भएकाे छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सलस्य तथा पार्टी प्रदेश १ का सेक्रेटरी सरलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केसस डिल्लिराम बोहोरा, रबिकिरण, बिद्रोही, बादल, पारस लिम्बू रहनु भएकाे थियाे ।
भुतपुर्व बिध्यार्थी नेत बिवेकले नवगठित कमिटिलाइ पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो भेलाकाे अध्यक्षता विष्णु थापाले गर्नु भएकाे थियाे ।