
काठमाडौं । बागमती नदी किनारका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरेका छन् । सोमवार माइतीघर मण्डलाबाट बानेश्वरसम्मा शान्तिपूर्ण ¥यालीसहितको विरोध प्रदर्शन गर्नै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।
उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहीनहरुको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेर विरोध जनाए। संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा सुकुम्वासीहरुको माग पूरा गर्नुपर्ने शर्तसहित आन्दोलनमा उत्रिएका सुकुम्वासीहरुले वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य नहुने चेतावनीसमेत दिए।
सुकुम्वासीहरुले र्यालीका क्रममा बिना विकल्प उठिवास बन्द गर्, वार्ता र संवादको ढोका खुला गर्, भूमी अभियन्तामाथिको जाहेरी फिर्ता गर्, उठिवासको त्रास बन्द गर्, नागरिकको अधिकार सुनिश्चित गर् लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका थिए।
गत मंसिर १२ गते अधिकार सम्पन्न वागमती एकीकृत विकास समितिको पहलमा काठमाडौं महानगरपालिका डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जन भएको उनीहरुको आरोप छ। उनीहरुले भत्काउनु र बिगार्नु विकास नभइ दिगो व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिए। ¥यालीमा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघसहित २३ घटकहरुको संलग्नता रहेको थियो ।