काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान युनियनका इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै सुकुम्बासीहरुको यथार्थ छानबिन गरी उनीहरुको वैकल्पिक व्यवस्था गरेर तत्काल समाधान खोज्न र यस समस्यालाई समाधानहीन राखेर पालिकाहरुसँग सुकुम्बासीहरुलाई जुधाउने काम बन्द गर्न माग गरेका छन् ।
वक्तव्यमा देशमा ८ लाखभन्दा बढी सुकुम्बासी परिवार रहेको स्वीकार गर्ने राज्यले यस दायित्वबाट पन्छिन, अलग रहन कदापि सक्दैन र रहनु हुँदैन भन्दै यसर्थ गाउँ, नगर, उपमहानगर या महानगरको कुनै पनि भागमा रहे बसेका यस्ता परिवारहरुको यथार्थ छामनबिन गरी तिनको बैकल्पिक व्यवस्था गरेर तत्काल समस्या समाधान गर्न र कुसम्बासीमाथि दमन बन्द गर्न माग गरिएको छ ।
वक्तव्यमा देशमा रहेको सुकुम्बासी परिवारको सहि पहिचान र समस्याको न्यायपूर्ण समाधान गर्ने भन्दा पनि यो समस्यालाई एक वा अर्को किसिमले लामो समयदेखि आल्टाल गर्दै थाँती राख्ने, जटिल तुल्याउने र यसलाई केवल सत्तामा जो भ¥याङ मात्र बनाउने काम सत्तामा रहँदै बस्तै आएका दलहरुले गर्दै आएकोले यो समस्या समाधानहीन भएर कचल्टिएको र बेला बेलामा यसले उग्ररुप लिने स्थिति सिर्जना हुने गरेको देखिदै आएको समेत उल्लेख गरिएको छ ।