ए बालेन, तिमी मान्छे त हाै ?

ए बालेन, तिमी मान्छे त हाै ?

ए बालेन, तिमी मान्छे त हाै ?

ए बालेन
के तिमी मान्छे त हाै ?
के तिम्राे मुटु त छ ?
तिम्रा बा आमा पनि छन् ?
के तिम्रा छाेराछाेरी छन् ?
तिमीमा कुनै मानवीय संवेदना छ ?

मान्छे हाै

थाेरै पनि मानवीय संवेदना छ भने
हेर- तिम्राे डाेजर आतंकले

हर्ट अट्याक भएर कति मान्छे मरे
लगत संकलन गर-
कति मान्छे- डिप्रेसनकाे सिकार भए
कति बालबालिका पढ्ने किताब झाेला हराए
कति भाेक भाेकै रात काट्न विवश भए

नदीकाे किनार
मंसिर पुसकाे जाडाे
कपाल सेतै फुलेका
गालामा हजाराै मुझा परेका
खुट्टा पट्पटी फुटेका
शरीरमा थाङ्ना बेरेर
कठ्याङग्रिडाे जाडाेमा
लुगलुग काँपीरहेका
असी काटेका आमा बाहरु,
आ…छु…छु, कति जाडाे भन्दै
रातभर राेइरहेका कलिला नानीहरु
सुत्केरीहरु, किरियापुत्रीहरु

रातभर, दिनभर आतंकित बनेर
एक झप्काे निदाउँदा पनि
चिच्याइरहेका
आत्तिदै
गुहार गुहार, बचाउ बचाउ
भन्दै
छाती पिटी पिटी डाकाे छाेडी राइरहेका

बालेन- तिमी कति निर्दयी
कति अमानवीय
कति क्रुर
कति हिंस्रक कती जल्लाद
फासिवादी हिटलरजस्तै
इदिअमिन, अनि गाेयबल्सजस्तै
के तिमी मान्छे हाै ?
के तिम्राे मुटु छ ?

आऊ तिमीलाई स्वागत छ
थापाथली बस्तीमा आऊ
एक रात हामीसँगै
बागमती नदीमा
बगेकाे ढलकाे गन्द सुँग्दै सुत
टिनकाे छानाबाट झरेकाे
शीतले भिजेकाे खास्टाे ओढेर
नचल्मलाई मस्तसँग रातभर सुत

कुच्चिएकाे डेग्चीमा पारेकाे
अर्ग्यानिक जाँडका छाेक्राले
तिम्राे ह्वीस्कीकाे तिर्सना मेटाउँला
सुँगुर र बंगुरहरुकाे च्वाँ च्वाँ धुनमा
धित मर्ने गरी कम्मर मर्काएर नाचाैला
धुलाे र हिलाेकाे के कुरा
लामखुट्टेहरुसँगै रातभर गीत गाउँला-
‘गरिबकाे चमेली बाेल्दिने काेही छैन…’

कि कसाे ? मिस्टर बालेन्द्र साह ज्यु ?

-प्रहार/२०७९/०८/१४
@थापाथली