क्रान्तिकारी माओवादी निकट सुकुम्बासी संगठनको तर्फबाट अध्यक्ष सनध्या प्रधानको वक्तव्य प्रकाशित

क्रान्तिकारी माओवादी निकट सुकुम्बासी संगठनको तर्फबाट अध्यक्ष सनध्या प्रधानको वक्तव्य प्रकाशित

मसीर १३ काठमाडौं
काठमान्डौ महानगरपालिकाको बागमती नदि किनाराका थापाथली स्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने र भुमिहिन सुकुम्बासीहरुलाई आतंकीत पार्ने कार्यले त्यहाँका मात्रै होइन समग्र नेपालभरका सुकुम्बासीहरु आतंकीत भएका छन् । यसरी सुकुम्बासी बस्तीमा डोजर चलाउने र भुमिहिन सुकुम्बासीहरुलाई आतंकीत पार्ने कार्य तुरुन्त बन्द गरि वास्तविक भुमिहिन सुकुम्बासीको पहिचान गरि जगा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई ब्यवस्थापन गर्नु पर्ने यो राज्यको दायित्व हो ।


यसरी बागमती नदि किनाराका थापाथली स्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने र भुमिहिन सुकुम्बासीहरुलाई आतंकीत पार्ने कार्यका विरुद्ध अखिल नेपाल (क्रान्तिकारी) सुकुम्बासी संगठन समितिको तर्फबाट घोर निन्दा र भत्सर्ना गर्दछौं र आज भएको बागमती नदि किनाराका थापाथली स्थित सुकुम्बासी बस्तीका सुकुम्बासीहरुले गरेको सशक्त प्रतिरोध र संघर्षको कार्यक्रमा अखिल नेपाल (क्रान्तिकारी) सुकुम्बासी संगठन समितिको तर्फबाट अध्यक्ष सनध्या प्रधानव्दारा ऐक्यवद्धता समेत जनाउदै वक्तव्य प्रकाशित गगरिएको छ ।