काठमाडौं/७ मङ्सिर
गत कार्तिक ३० गते प्राध्यापक अखिलेश्वरलाल दासको निधन भयो । उहाँ दमक बहुमुखी क्याम्पस, झापाबाट अवकास लिइसक्नु भएका प्राध्यापक हुनुहुन्थ्यो । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अाज नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा.जगदीशचन्द्र भण्डारीले एक वक्तव्य प्रकाशित गर्नुभएको छ । वक्तव्यमा प्राध्यापक अखिलेश्वर एक सरल, निश्चल, इमान्दार एवम् बौद्धिक तथा कर्तव्यनिष्ठ व्यक्ति  भएको जनाउँदै उहाँको निधनबाट प्रगतिशील बौद्धिक क्षेत्रमा ठुलो क्षति भएको भनिएको छ । प्राध्यापक दासप्रति “सङ्गठन गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ” वक्तव्यमा भनिएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर