काठमाडौं/७, मङ्सिर
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ तथा अखिल नेपाल लेखक सङ्घको केन्द्रीय सदस्य विष्णु न्यौपानेकी ममतामयी आमा उमादेवी न्यौपानेको निधनमा आज जनसांस्कृतिक महासङ्घ तथा इच्छुक प्रतिष्ठानबाट छुट्टाछुट्टै वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ । कवि विष्णु न्यौपाने इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्राज्ञ सदस्य पनि हुनुहुन्छ ।

जनसांस्कृतिक महासङ्घका अध्यक्ष जगदीशचन्द्र तथा इच्छुक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीद्वारा हस्ताक्षरित वक्तव्यमा कवि विष्णुकी आमाको निधनले आफ्नो सङ्गठन तथा प्रतिष्ठान दुःखी भएको बताउँदै मृतक उमादेवीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो दुःख व्यक्त गरिएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर