काठमाडौं । बाजुरामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका–७ का २८ वर्षीय सञ्जिव ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका मेयर कर्णबहादुर थापाले पुष्टि गरे।
‘मैलें त्यहाँको वडाध्यक्षलाई बुझेको थिए, उहाँ घटनास्थलमै हुनुहुन्थ्यो, अझै तनाव हुने स्थिती रहेको सुनाउनु भएको थियो,’ मेयर थापाले भने।
त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा फर्जी मतको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो।
मतपेटिका तानातान गरिरहेका कांग्रेस र एमालेका कार्यकर्ता झडपमा उत्रिएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन गोली चलाएको थियो।
घटनामा अन्य तीन जना घाइते भएका छन्। खडक ऐरी, परशुराम पाध्याय र प्रेम थापा घाइते भएका छन्।