२९ कार्तिक सर्लाही ।
नेकपा (क्रान्तिकारी माओवादी) सर्लाही जिल्ला पार्टीले आज कार्तिक २९ गतेको दिन सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा बहिष्कार अभियान अन्तरगतको प्रचारप्रसार, अभियानलाई कोणसभा मार्फत समापन गरेको छ । कोणसभालाई सर्लाही जिल्ला पार्टी सेक्रेटरी सुमन अधिकारी र पार्टी इन्चार्ज सन्जय प्रधानले गर्नु भएको थियो ।
सर्लाही जिल्ला अन्तरगतका १,२,३,४ वटै निर्वाचन क्षेत्रमा पोस्टरींग पर्चा वितरण र घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको जानकारी नेकपा (क्रान्तिकारी माओवादी) सर्लाही जिल्ला पाटी इन्चार्ज सन्जय प्रधानले जानकारी दिनु भएको छ ।
आज बसेको पार्टी बैठकले गरेको समिक्षा अनुुसार पोस्टरींग पर्चा वितरण र घरदैलो कार्यक्रम निम्नअनुसार भएको पाइयो : पोस्टर १५०० प्रति, पर्चा ३००० प्रति र घरदैलो कार्यक्रम ४ वटै निर्वाचन क्षेत्रमा सम्पन्न गरियो । उहाँले दिएको जानकारी अनुसार यो सँगै सर्लाही जिल्लामा निर्वाचन बहिष्कार अभियानले नयाँ तर शसक्त चरणमा प्रवेश गरेको छ ।