‘निर्वाचन बहिस्कार गरौं’ भन्दै काठमाडौंमा क्रान्तिकारी माओवादीको मशाल जुलुुस प्रदर्शन (फोटोफिचर)

‘निर्वाचन बहिस्कार गरौं’ भन्दै काठमाडौंमा क्रान्तिकारी माओवादीको मशाल जुलुुस प्रदर्शन (फोटोफिचर)

काठमाडौं । देशैभर निर्वाचन बहिस्कार आन्दोलन गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी)ले मंसिर ४ को निर्वाचनको मिति नजिकिदै गर्दा बहिस्कार आन्दोलनलाई थप तीव्रता दिएको छ । क्रान्तिकारी माओवादीले आज ‘निर्वाचन बहिस्कार गरौं’ भन्दै काठमाडौं उपत्यकामा मसाल जुलुस प्रदर्शन गरेको छ । काठमाडाैंको असन क्षेत्र र बौद्ध क्षेत्रमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

असन क्षेत्रको क्याफल चोकदेखि वडा नं.१९ चोकसम्म र बौद्ध क्षेत्रको महांकालदेखि रामहिटि चोकसम्म मसाल जुलुस प्रदर्शन गरेको हो ।
प्रहरी प्रशासनको उच्च निगरानी र हस्तक्षेपका बाबजुद दुवै स्थानमा मसाल जुलुस सान्दार रुपमा सफल भएको नेकपा (क्रान्तिकारी माओवादी)की काठमाडौं जिल्ला इन्चार्ज सरुले जानकारी दिनुभयो ।