२५ कार्तिक सर्लाही ।
नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको निर्वाचनको सशक्त बहिष्कार गर्ने निर्णयलाई कार्यान्वयन गर्ने शीलशीलामा नेकपा (क्रान्तिकारी माओवादी) सर्लाही जिल्ला संगठन समितीव्दारा निर्वाचनको सशक्त बहिष्कार अभियानलाई तीब्रता दिएको छ ।
सो अभियान अन्तरगत सर्लाही जिल्लाले क्षेत्र न.३ को हरिवन नगरपालिका र क्षेत्र न.१ को लालबन्दी नगरपालिका र इश्वरपुर नगरपालिका गरी जिल्लाका तीनवटा नगरपालिकाहरुमा आगामी मंसिर ४ मा हुने कथित निर्वाचनको सशक्त बहिष्कार अभियान अनुसार पोष्टरींग र पर्चा वितरणलाई व्यापकता दिएको जानकारी पार्टीका जिल्ला इन्जार्च सन्ध्या प्रधानले दिनु भयो ।