काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य गणेश खड्गी गगनलाई छलफलका लागि भनेर सिडिओ कार्यालय बोलाएर रामेछापका सिडिओ शोभाकर रेग्मीले कार्यालयबाट गिरफ्तार गराएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी)ले सो घटनाको घोर निन्दा र भत्र्सना गरेको छ ।

पार्टीका ३ नं. प्रदेशका सेक्रेटरी प्रवेशले जारी गरेको वक्तव्यमा प्रतिक्रियावादी सरकारद्वारा मञ्चन गरिएको प्रादेशिक तथा संघीय निर्वाचन बहिष्कारको घोषित पार्टी कार्यनीति प्रभावकारी बन्दै गईरहेको र चुनाव बहिष्कारको प्रभावकारी प्रचारप्रसारबाट अतालिएको प्रशासनले पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज क.गणेश खड्गाीलाई छलफलका लागि बोलाएर गिरफ्तार गरिएको उल्लेख गर्दै घटनाप्रति घोर निन्दा र भत्सर्ना गरिएको छ र गणेश खड्गीलाई विना शर्त अविलम्ब रिहाई गर्न माग गरिएको छ ।

हार्दिक शुभकामना !

वक्तव्यमा राजनैतिक नेतृत्वलाई छलफलको लागि बोलाएर गिरफ्तार गर्नु अनैतिकता र गैर जिम्मेवारीपनको पराकाष्ठ भएको उल्लेख गर्दै यसप्रकारको प्रशासनिक अनैतिक हरकतको विरुद्ध आवाज बुलन्द गर्न मानवाधिकारवादी संघ संस्था, नागरिक समाजलाई हार्दिक अनुरोध गरिएको छ । साथै यसखाले अनैतिक कार्यमा सहभागि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुलाई तुरुन्त कारबाही गर्न नेपाल सरकारसँग माग समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर