काठमाडौं/२०, कात्तिक
भारतका माक्र्सवादी समालोचना तथा सौन्दर्य चिन्तनका क्षेत्रमा स्थापित सौन्दर्य चिन्तक मैनेजर पाण्ड्ेयको आज बिहान दिल्लीमा निधन भएको छ । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का पूर्व प्रोफेसर समेत रहेका प्रा.डा.मैनेजर पाण्ड्ेयको निधनले माक्र्सवादी दर्शन र साहित्यका एकजना बरिष्ठ लेखक, समालोचक तथा सौन्दर्य चिन्तक गुमाएको माक्र्सवादी लेखक तथा अध्ययताहरुले बताएका छन् । यसैबिच इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज एक विज्ञप्ती जारी गर्दै उनको निधनबाट प्रतिष्ठन दुखित भएको र एकजना माक्र्सवादी शिक्षक गुमाएको बताएको छ ।

हार्दिक शुभकामना !

प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले जारि गरेको वक्तव्यमा भनिएको छ ‘भारतीय माक्र्सवादी समालोचक तथा सौन्दर्य चिन्तक मैनेजर पाण्डेयको ८२ वर्षको उमेरमा यही नोभेम्बर ६ तारिख तदनुसार वि.सं. २०७९ कत्तिक २०मा निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । माक्र्सवादी साहित्य चिन्तन तथा समालोचनाका क्षेत्रमा पाण्डेयको विशिष्ट योगदान रहेको छ । उत्पीडित जनताको मुक्तिका पक्षमा लेख्ने पाण्डेयमा प्रखर आलोचनात्मक चेत थियो र भौतिकवादी इतिहास चेतनाले उनको लेखन समृद्ध थियो ।’

‘शब्द और कर्म’, ‘साहित्य और इतिहास दृष्टि’, ‘साहित्य के सामाजशास्त्रकी भूमिका’, ‘उपन्यास और लोकतन्त्र’ तथा ‘साहित्य और दलित दृष्टि’ जस्ता मूल्यवान् कृतिका रचियता पाण्डेयले माक्र्सवादी लेखकहरुमा सिद्धान्त र व्यवहारको एकत्व र ऐतिहासिक भौतिकवादी दृष्टिको स्पष्टता हुनुपर्नेमा जोड दिंदै भारतीय साहित्यको मूल धारामा माक्र्सवादी साहित्य तथा समालोचनालाई स्थापित गराउन महत्वपूर्ण योगदान दिएका छन् ।’ वक्तव्यमा चिन्तक पाण्ड्ेयका प्रमुख कृतिहरुको परिचय दिँदै भनिएको छ । ‘उनको निधनबाट माक्र्सवादी साहित्य तथा चिन्तनका क्षेत्रमा अपूरणीय क्षति भएको छ । हामी पाण्डेयको यस दुःखद निधनमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र उहाँको शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’ वक्तव्यमा जनाइएको छ ।

पाण्ड्ेयको जन्म २३ सेप्टेम्बर १९४१ लोहटी, गोपालगञ्ज, विहारमा भएको थियो । माक्र्सवादी सौन्दर्य चिन्तनका क्षेत्रमा गहिरो दख्खल राख्ने पाण्ड्ेयका आफ्ना मौलिक दर्जनौँ समालोचनाका साथसाथै उनले सम्पादन गरेका महत्वपूर्ण कृतिहरु, जर्नलहरु नेपाली अध्ययताहरुले समेत निकै चासोका साथ अध्ययन गर्दछन् । २०७० सालमा आफ्नो वार्षिक समारोहका अवसरमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा समेत माक्र्सवादी सौन्दर्य चिन्तक पाण्ड्ेयले एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर