
नवलपरासी – दलाल संसदीय ब्यवस्थाका ‘राष्ट्रघाती जनघाती’ दल तथा उम्मेदवारहरुलाई मत दिन नहुने भन्दै नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्ताले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् ।
किसान, मजदुर, भुमिहीन तथा सुकुम्बासी लगायतका वर्गलाई पटक पटक झुक्याउने ‘संसदीय निर्वाचनको मतपेटिका खाली गर्नुपर्छ’ भन्दै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता घरदैलोमा ब्यस्त भएका हुन् ।
उनीहरुले सानो सानो समुह बनाएर मतदातालाई चुनाव बहिष्कार गर्न ‘उर्दी’ समेत जारी गरेका छन् ।
जिल्लाको दुईवटै निर्वाचन क्षेत्रका सातै पालिकाको बिभिन्न स्थानमा भोट बहिष्कार गर्न आब्हान गर्दै अभियान संचालन भइरहेको जिल्ला सेक्रेटरी छविलाल खरेलले जानकारी गराउनुभयो ।
पार्टीका बर्दघाट नगर ईञ्चार्ज समेत रहनुभएका भण्डारीले बर्दघाट नगर समिति अन्तरगतका बिशेष एरियाहरुमा घरदैलो संचालन रहेको बताउनुभयो । उहाँले आइतवार बिहान बर्दघाट ४ को मर्चाखोला , शिवालय टोल लगायतमा कार्यक्रम गरिएको जानकारी दिनुभयो ।