प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता

प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता

काठमाडौं । प्युठानको माण्डवी गाउँपालिका–४, फरुन्डेमा बाढी र पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन्। गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीका अनुसार उक्त ठाउँमा तीन वटा घर रहेकोमा अरु भागेर बाँच्न सफल भएका छन्। एक घर भने पूर्ण रूपमा पुरिएको छ। सोही घरमा ६ जना पुरिएका हुन्।

उक्त स्थानमा जाने बाटो अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भइरहेको गाउँपालिका उपाध्यक्ष कालाथोकीले जानकारी दिए ।