भाद्र २६ पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नम्बर प्रदेश समितिको विषेश बैठक २०७९ भाद्र २४ र २५ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा पार्टीका स्थायी समितिका सदस्य एवम् ४ र ५ नम्बर प्रदेश हेर्ने जिम्मेवारीमा रहनु भएका राजवीरको प्रमुख्य आतिथ्यता र पार्टीका पोलिट ब्यरो सदस्य एवंम ४ नम्बर प्रदेशका इन्चार्ज अनुकूलको विषेश उपस्थिति रहेको थियो ।
प्रदेश सेक्रेटरी केश परियारको अध्यक्षतामा सम्पन्न विषेश बैठकले आगामी २०७९ मङ्गसिर ४ गते हुने भनिएको सङघ र प्रदेशको निर्वाचनलाई सक्रिय बहिस्कार गर्ने पार्टी केन्द्रको निर्देशनलाई पूणर्रुपमा सफल पार्न आन्तरिक तयारीका लागि दुई दिन सम्म बैठक सञ्चालन गरिएको थियो । संसदीय व्यवस्थाका दलालहरुले स्वच्छ, निष्पक्ष तथा धाँधली रहित निर्वाचन गर्ने कुनै पनि प्रकारका लक्षण तथा सम्भावना देखिदैनन् बरु दलाल सत्ता, प्रतिक्रियावादी व्यवस्थाका प्रतिनिधिहरु फासीवादी हिसावले प्रस्तुत हुने स्थिति छ । प्रतिक्रियावादी संसदीय व्यवस्थाले गरेका निर्वाचनमा प्रतिस्पर्धा गर्नुको कुनै अर्थ छैन त्यसैले आगामी मङ्गसिर ४ गते हुने भनिएको सङघ र प्रदेशको निर्वाचनलाई सक्रिय बहिस्कारमा लाग्न सम्पूणर् पार्टी पंङ्गतीलाई निर्देशन गर्दै विषेश कार्यक्रमहरु तय भएको जानकारी प्राप्त भएको छ ।
सबै जिल्लाहरुमा बैठकको मिति तोकिएको, सक्रिय बहिस्कार आन्दोलनको लागि प्रचार प्रसार समिति गठन गरिएको, सक्रिय बहिस्कार आन्दोलनका उच्चतम् कार्यक्रमको तयारीमा समेत ४ नम्बर प्रदेश रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर