चिनियाँ जनकंग्रेस अध्यक्ष ली आउँदै

चिनियाँ जनकंग्रेस अध्यक्ष ली आउँदै

२६ भदौ काठमान्डौ ।
चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आगामी सोमबार (२७ भदौ मा) नेपाल भ्रमणमा आउँदै छन् । चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो बरियताका नेता ली झन्डै एक सयजनाको जम्बो भ्रमण दल लिएर काठमाडौं उत्रन लागेका हुन् ।
उनी राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङपछिको तेश्रो वरीयतामा छन।
भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टी मन्त्रीस्तरका ६ जना, राज्यमन्त्रीस्तरका २ जना नेता र विदेश मन्त्रालयका अधिकारीलगायत रहने स्रोतले जनाएको छ ।
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली नेपाल आउन लागेका हुन् । राष्ट्रिय जन कंग्रेस चीनको व्यवस्थापिका हो । जसले चीनको राष्ट्रिय नीति बनाउने गर्छ ।

चिनियाँ प्रभावशाली नेता ली चार दिनका लागि नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा ली ले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षलगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।