नेपाली एकता समाज भारतका बरिष्ठ सदस्य शेर बहादुर मस्रांगीकाे निधन, समाजद्वारा श्रद्धाञ्जली व्यक्त

नेपाली एकता समाज भारतका बरिष्ठ सदस्य शेर बहादुर मस्रांगीकाे निधन, समाजद्वारा श्रद्धाञ्जली व्यक्त

नयाँ दिल्ली । नेपाली एकता समाज भारतका वरिष्ठ सदस्य एवं समाजको नयाँ दिल्ली-एनसीआर राज्य समितिका कोषाध्यक्ष शेर बहादुर मस्रांगीको भाद्र १८ गते नयाँ दिल्लीमा निधन भएको छ । उहाँकाे निधनप्रति गहिराे दु:ख व्यक्त गर्दै नेपाली एकता समाज भारत र नेकपा (क्रान्तिकारी माओवादी) प्रवास राज्य कमिटिले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकाे छ । साथै, शाेक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएकाे छ । मृतक मस्रांगी ५५ वर्षको हुनुहुन्थ्यो ।
२०२४ सालमा जन्मिनु भएका शेर बहादुर तीन दशक सम्म निरन्तर राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । दिल्लीमा संगठन विस्तार लगायतका कामहरुमा वहाँको विशेष योगदान रहेकाे सम्बद्घ समाजले जनाएकाे छ। जनआंदोलन दुईको बेलामा प्रवासमा निरंकुश राजतन्त्र विरुद्ध जारी विभिन्न आन्दोलनमा वहाँको सक्रिय भुमिका रहेकाे थियाे ।
नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँ हमेशा जनताको पक्षमा उभिनु भयो र अवसरवाद, संशोधनवाद र राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध जारी संघर्षमा प्रवासी जनतालाई सचेतन गराउने काममा उहाँको उल्लेखनीय भूमिका रहेकाे पनि समाजले जनाएकाे छ ।
नयाँ दिल्लीको ओखला स्थित शवदाह गृहमा उहाँको अन्तिम संस्कार गरिएकाे थियाे । सो अवसरमा उहाँको पार्थिव शरीरमाथि नेपाली एकता समाज भारतको झण्डा ओढाइएकाे थियाे । साे अन्तिम श्रद्धाञ्जली कार्यक्रममा समाजका उपाध्यक्ष शोभाकर अधिकारी, महासचिव विष्णु भट्टराई, राज्य समितिका अध्यक्ष हरी थापा, कन्द्रीय सदस्य भक्त पुन, गोविन्द, के बी थापा सहित अन्य सदस्य र गणमान्य जनताहरुको उपस्थिति रहेकाे थियो ।
कामरेड शेर बहादुरलाई श्रद्धाञ्जली दिदै उहाँसितै सक्रिय रूपमा एउटै टोल कमिटीदेखि काम गर्दै आउनुभएका भक्त पुनले उहाँको योगदानलाई स्मरण गर्नु भयो । भक्त पुनले संगठन विस्तारको क्रममा दिनमा १२/१३ घण्टा फैक्ट्रीमा काम गरेर रातभरि जनताबीच काम गर्ने गरेकाे स्मरण गर्नुभयाे ।
उपाध्यक्ष अधिकारीले दिल्लीमा शेर बहादुरको कामको महत्वबारे टिप्पणी गर्दै उहाँलाई अनुशासित, कर्मठ र जुझारू कम्युनिस्टकाे संज्ञा दिनुभयाे । उहाँले शेर बहादुरको निधनले सिंगाे नेपाली एकता समाज स्तब्ध भएको उल्लेख गर्दै उहाँकाे याेगदानलाई सँधै उच्च कदर गर्ने प्रण गर्नुभयाे ।
समाजका महासचिव भट्टराईले शेरबहादुरकाे निधनले संगठनको लागि अपूरणीय क्षति पुगेकाे बताउनु भये । र, भन्नुभयाे, ” प्रवासी नेपाली जनताको चेतनामा उहाँ सँधै रहि रहनु हुने छ ।”
दिल्ली राज्यका अध्यक्ष हरी थापाले शेर बहादुर भौतिक रूपमा न रहे पनि वैचारिक रूपमा सदैव प्रवासी नेपालीहरु बीच रहिरनु हुने बताउनु भयाे ।