विराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश १ ले पार्टीका प्रदेश सदस्य रत्न पराजुलीका बुबा कृष्ण बहादुर पराजुलीकाे निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।
पार्टीका प्रदेश सचिव सरलले एक शाेक वक्तव्य जारी गर्दै मृतक कृष्णबहादुर पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली गरेका छन् । साथै, वक्तव्यमा पार्टी प्रदेश सदस्य रत्न पराजुली लगायत शाेक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएकाे छ।
कृष्णबहादुर पराजुलीकाे भदाै २ गते राती असामयिक निधन भएकाे थियाे ।