
साउन १४, काठमाण्डौ –
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) समर्थित जन गणतान्त्रिक सम्पर्क मन्चको दोस्रो केन्द्रीय भेला सम्पन्न भयो । आज उक्त भेला क्रान्तिकारी माओवादीको ३ नम्बर प्रदेश कार्यालयमा भएको थियो । भेलाको प्रमुख आतिथ्यता ३ नम्बर प्रदेश सचिवले गर्नु भएको थियो भने सभापतित्व तथा कार्याक्रमको संचालन ढोगप्रसाद अधिकारीले गर्नु भएको थियो ।
उक्त भेलाबाट ३१ जनाको केन्द्रीय कमिटि चयन गरिएको छ । अध्यक्षमा ढोगप्रसाद अधिकारी, सचिवमा ज्ञानप्रसाद तिवारी, सदस्यहरुमा प्रेमबहादुर बुढाथोकी, भरत लामिछाने, रामसरण मगर, सरोज खड्का, शुक्रचन्द बम, रुद्र विक , राकेश विश्वकर्मा, कुमार खाती जयकुमार कुशुवा , रेशाम बहादुर तामाङ, चित्तकुमार पौड्याल, रामु शाह, बेदकुमार बुढाथोकी, नोलबहादुर शारु, शुकमान तामाङ, तिलक चौलागाई, शिवसन्त श्रेष्ठ, केदार श्रेष्ठ लगायत निवार्चित भएका छन् । भेलाले ३ महिना भित्र राष्ट्रिय सम्मेलन गर्ने र जिल्ला सम्मेलन तथा भेला गर्ने निर्णय समेत गरेको छ । भेलाबाट ७ सदस्यीय सचिवालय बनाउने निर्णय समेत गरेको जन गणतान्त्रिक मन्चको केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।