१. गथामुग सन्तती
भटभटे
फटफटे
भटभटेको
कहानी
फटफटेको
बानी
कसलाइ के
चासो
कसलाइ के
नासो
मन शान्तिले
देश बन्छ
मन अशान्तिले
जिउ खान्छ

बनको बाघले
नखाए नि
मनको बाघले
खाने
चरित्रार्थ किवदन्तिहरु
मान्छेलाइ
भुत बनाउने
मान्छेलाइ चुस्ने
इतिहासका किवदन्तिहरु
देशलाइ लुटाउने
देशलाइ बेच्ने
गथामुगलका सन्ततिका
भटभटेको
कानुन छ
फटफटेको
नियम छ

डाडु पनौ
आफनै हातमा
झै
भटभटे
भट्याउने
फटफटे
फटफट्याउने
गथामुगलमा
जति पुतला
डहन गर
झन बढी
भुत जन्मिने
भटभटेको
कहानी छ
भटभटेको
बानी छ……

२ घर घरकी कहानी

घर घरकी
कहानिमा
एकले घर
बनाउन खोज्छ
एकले घर
बिगार्न खोज्छ

हो म
घर घरको
कहानी
बेलि विस्तार
सुनाउन गइरहेको छु
सुन्न चाहनु हुन्छ
लौ सुन
सिक्किमे
लेण्डुप दोर्जे
सलामी खान गएको
उल्टो सलामी खायो
नेपाली
लेण्डुप दोर्जे
सलामी खान गएको
उल्टो सलामी खायो

हो ती
घर घरको
नाटक देखाउन
गइ रहेको छ
देख्न चाहनु हुन्छ
लौ हेर
कहिले
दछ्यिण ढाएको छ
कहिले
उत्तर ढाएको छ
अबुझ
बालक होइन
बुझरक
नेता हो
बेलि विस्तार दिन्छ
देशको
नौटकी गर्छ
विदेशिको
खबरदार
बिकासे जन्तुहरु
होसियार
नौटकी नाटकेहरु
घर घरको
कहानिमा
दुइटा घर घरको
कहानी
बनाउन खोज्दै
युक्रेन बनाउने हो ?
श्रीलका बनाउने हो ?
लाज नभएकाहरु
शर्म नभएकाहरु
घर बनाउन
चाहन्छ भने
एउटै छत्रछायाको
घर घरको
कहानी बनाऔ
घर घरको
कहानी बनाऔ….

 

प्रतिक्रिया

सम्बन्धित खवर