अखिल क्रान्तिकारी ललितपुरव्दारा ‘नेपालको शिक्षामा चुनौती र अवसर —अखिल क्रान्तिकारीको जिम्मेवारीता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अखिल क्रान्तिकारी ललितपुरव्दारा ‘नेपालको शिक्षामा चुनौती र अवसर —अखिल क्रान्तिकारीको जिम्मेवारीता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन १३ ललितपुर ।
अन्तरक्रिया कार्यक्रममा उठाइएका विषयहरु निम्न थिए —
नेपालको विद्यार्थी आन्दोलनको एक गौरवपूर्ण आन्दोलन र वर्ग विश्लेषण कि वर्ग समन्वयनकारी हो । यसलाई हामीले आन्दोेलन बढाउन विगत सम्झिनै पर्छ ।


त्यो राणशासनको दमन विरुद्ध खेलेको भूमिका ज्यादै महत्वपूर्ण भूमिका छ । त्यसपछि २००४ देखि पछिका दिनहरु संघर्षपूर्ण रह्यो । २००६ प्रचण्ड सिंहको नेतृत्व (अखिल नेपाल विद्यार्थी फेडेशन जन्म हुन गयो । जुन संगठन नै राणा शासन र त्यसवेला कायम गरेको शिक्षा सामन्तवादको काल बन्न पुग्यो । फलस्वरुप २००७ साल सदाका लागि राणा शासन अन्त्य हुन पुग्यो ।
त्यसैगरी नै २००९ को सालको भारतको मुज्जपुरमा भेला गरि उतार चढाव पार गर्दै २०२० देखि समिक्षा असफलता कारण हरुबाट पाठ सिक्दै २०३५/२०३६/२०४६ सम्म एक सितयुद्ध झै अगाडि बढ्दै गयो जब २०५० साल बाट हेटौडा राष्ट्रिय भेला बाट (क्रान्तिकारी) शब्द झै सितयुद्ध बाट सिधै ने.क.पा. माओवादीले सुरु गरेको महान जनयुद्धको प्रथम सहिद पनि अखिल (क्रान्तिकारी ) को कोटाबाट दिल ब. रम्तेलले साहदत प्राप्त गर्नुभयो ।
त्यसैगरी अखिल क्रान्तिकारी केन्द्रीय नेतृत्वहरु बेनोज अधिकारी, बिपिन भण्डारी लगायत हजारँौ (क्रान्तिकारी) विद्यार्थीले बलिदान गर्नु भयो । यी सबै राजनितिक व्यवस्थाका विरुद्ध सवालमा अखिल क्रान्तिकारीको भूमिका दश वर्षे महान जनयुद्ध, १९ दिने जनआन्दोलनले राजतन्त्रले घुडा टेकाएको इतिहास साक्षी छ । हामी अहिले पनि नेपालमा वर्ग समन्वयकारी विद्यार्थी आन्दोलनको समिक्षा गर्दै वर्ग संघर्षलाई अगाडि बढाउने हाम्रो काँधमा जिम्मेवारी आएको छ ।
तसर्थ हामीले नेपाल नव सामन्तबादीहरुले देशलाई मल्टिनेशनल कम्पनिहरु कमिसन दलाली माफियाकरण गर्ने, राष्ट्रिय पूँजीपतिहरु चुप लागेर टुलुटुलु हेरि बस्नु, आफ्नै अगाडिको आँगनमा अर्कैको रजाई , खोलाको पानी विदेशी कम्पनिको दर्तामा यस्तै खाले प्रवृत्तिका विरुद्ध फेरि एक पटक अन्तिम संघर्ष गर्न आवश्यकता छ ।
नेपालमा हामीले नमानेको दलाल राज्य व्यवस्था मान्छु भनि सहिछाप गरेको अहिलेको राजनितिक दलहरुले पनि आफै कानुन मान्दैनन जो नमानु पर्नेले तिम्रो शरीर नाङ्गै छ जिउ ढाक्नु भन्दा पनि फेशन हो भनेर खिल्ली उडाउँदै छन् । त्यसैले यहि व्यवस्थाका विरुद्ध बोल्नु पर्ने छ तर पनि फेरि संघर्ष गनपर्र्नेु छ । जून पूँजीपति व्यवस्थाले शिक्षा स्वास्थ्यलाई राज्यको सेवामूलक रुपमा लिएको पाइन्छ ।
आज स्वतन्त्र शब्दवली बढी मान्छेलाई मन पर्ने भएको छ । जुन अहिले व्यवस्था र नेतृत्वको विकल्प खोजीमा आम समुदाय आएको यसको पनि चरम दुरुपयोग गर्ने छन् । जब सम्म राष्ट्रिय पूजि राष्ट्रियता जस्ता गम्भिर भएर नयाँ जनबादी व्यवस्था र जनवादी शिक्षा वर्ग विहिन समाजको परिकल्पना गरेका छौ । यसका लागि हाम्रो संगठन आफ्नो वर्ग को जति मूल्य चुकाउन परेपनि सिरमा कपन बाध्ने यौद्धा हौ । हाम्रो संगठन अखिल (क्रान्तिकारी) को केन्द्रिय समितिको विभिन्न आन्दोलनले नेपाल सरकार , शिक्षा मन्त्रालय, शिक्षा विभाग, संस्थागत् विद्यालय नियमनका निमित्त २०७१ आश्विन ०३ गते शुल्क सम्बन्धि सम्पूर्ण संस्थागत विद्यालयहरुलाई बैधानिक आधारमा शुल्क निर्धारणका लागि वैज्ञानिक आधार सहितको मापदण्ड तयार गर्नुका साथै शिक्षा नियमावलीमा समावेश गर्ने उच्च स्तरीय कार्यदल गठन गर्ने कार्य गरि आठवटा बुदामा अखिल क्रान्तिकारीका उपाध्यक्ष पूर्ण बहादुर सिंह लगायत् शिक्षा विभागका निर्देशक टेक नारायण पाण्डे, प्याव्सनका अध्यक्ष लक्ष बहादुर केसी, एन प्याव्सनका अध्यक्ष कर्ण बहादुर साहि , अभिभावक संघ अध्यक्ष सूप्रभात भण्डारी , राष्ट्रिय अभिभावक संघ अध्यक्ष धर्मदत्त देवकोटा , ललितपुर जिल्लाका तत्कालिन जि.सि.अ शिव कुमार सापकोटाले हस्ताक्षर गर्नुभएको थियो ।
यसरी नै ललितपुर जिल्लाका टप १० विद्यालयमा तालाबन्दि गरिएको छ । हाम्रो संगठन अखिल क्रान्तिकारीले शिक्षामा लगानी कर्ता बिच र सरोकारवाला पक्षसँग वार्ता, ध्यानाकर्षण पत्रको सुनुवाई नहुदा हामी संघर्ष गर्न बाध्य भयौँ । यिनीहरुले नेपालको राज्यव्यवस्थाबाट प्रत्यक्ष वा अप्रत्यक्ष आफ्नो स्वार्थ लिएका छन् । राज्य व्यवस्थालाई नै प्रभाव राख्नसक्ने क्षमता भएका लगानी कर्ताबाट हामी कुन वर्गको शिक्षाको अपेक्षा गर्ने , कसरी कहाँबाट नेपालको गुणस्तरीय शिक्षा सबैको पहँुचमा पुर्‍याउन सकिन्छ भनि लागि परेका छौँ ।
राज्यको नारा माध्यमिक तहको शिक्षा अनिवार्य र निशुल्क भनेको छ तर त्यो जब जनताले आफै खोसेर लिन सक्ने भए फेरि राज्यले नै तीन किसिमका शिक्षा प्रणाली लागु गर्‍यो । नाफाको शैक्षिक संस्था खोल्न पाउने व्यवस्था गरियो । जब सामुदायिक संस्थागत र गुठी अथवा यस्ता खाले राज्य प्रणलीलाई कसरी जनताको राज्य व्यवस्था हो भनेर भन्न सकिन्छ । जुन शिक्षामा फाइदा बाहेक अरु केहि देखेको छैन । पैसा हुनेले मात्र पढ्न पाइने शिक्षा प्रणालीलाई कसरी शिक्षामा पहुँच पुर्‍याउन सकिन्छ ।
ललितपुका सरकारी शिक्षण संस्थाहरु पुरै व्यवसायीकरण गरिरहेका स्कुलको नाममा रहेको जग्गा विद्यार्थीलाई खेल्ने चौर देखि भवन छैन व्यापारी कमप्लेक्स भवनहरु भडामा दिएर बसेका छन् । भाडाबाट उठेका पैसा कसले कता कहाँ छ त्यसको हिसाब किताब कसले कहाँ राखेको छैन । प्रत्यक विद्यार्थीबाट पैसा पनि उठाइन्छ , जसको नाम सहयोग छ । सहयोग अनिवार्य विद्यार्थीलाई तिर्न बाध्य बनाइन्छ । उदाहरणका लागि निम्नानुसार छन् :–
१. महेन्द्र आदर्शको जग्गा सातदोबाटो सेल्सबेरी
२. मदन स्मारकको जग्गा कुन कम्पनीलाई हो ?
३. पाटन संयुक्त क्याम्पसको जग्गा लबिम महललाई
यस्तै धेरै कुराहरु छन् सबै खाले विभाग कति छन् कति हामीले ललितपुरको शिक्षा जस्तो विषयमा ध्यान दिनु सकेनौँ भने कसरी अगाडि जान सकिन्छ गम्भिर हुन आवश्यक हुन जरुरी छ ।
सम्भावना र चुनौतीहरु :
१. शिक्षा र स्वास्थ्य राज्य निशुल्क र अनिवार्य गरिनु पर्ने ।
२. कुनै पनि दुई किसिम शिक्षा प्रणाणी गर्न नहुने ।