अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मोरङको दिपेन्द्र कुमार भण्डारी अध्यक्ष रहेको २१ सदस्यीय जिल्ला कमिटि गठन

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मोरङको दिपेन्द्र कुमार भण्डारी अध्यक्ष रहेको २१ सदस्यीय जिल्ला कमिटि गठन

१४ साउन विराटनगर ।
नेकपा (क्रान्तिकारी माओवादी) समर्थक अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनले मोरङ जिल्ला पुनर्गठन बैठक राखेर २१ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ ।


शनिवार विराटनगरमा सम्पन्न बैठकले रत्न पराजुली इन्चार्ज ,हृदय नारायण शाह सह–इन्चार्ज र दिपेन्द्र कुमार भण्डारी अध्यक्ष रहेको २१ सदस्य कमिटि चयन गरेको हो ।
उक्त कमिटिको सदस्यहरुमा गंगा वि.क, मछिन्द्र पोख्रेल , गोविन्द दनुवार , भुवन श्रेष्ठ , राम नारायण राजवंशी , उमेश पुरी , धिरेन्द्र कुमार राजवंशी ,विनोद कुमार राजवंशी , उमेश थापा , विदुर नेउपाने ,उमेश गडेरी , विनोद पाश्वान लगायत रहनु भएको छ ।
सो बैठकको प्रमुख अतिथी रहनु भएका पार्टीका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विमल निरौलाले मजदुरहरुको हक अधिकार स्थापित गर्न क्रान्तिकारी माओवादी दृणता पुर्वक लागेको बताउनु भयो । उहाँले हेरक वस्तुको उत्पादनमा सामुहिकता हुने भएकोले स्वामित्वमा पनि सामुहिकता भए मात्र मजदुरहरुले न्याय पाउने भनाई राख्नु भयो । बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला सेक्रेटरी बादलले मजुरहरु संगठित भएर अन्यायको विरुद्ध लड्नु पर्ने बताउनु भयो ।
यसरी नै बैठकमा अखिल नेपाल क्रान्तिकारी टे«ड युनियान महासंघका प्रदेश नम्बर १ इन्चार्ज बाल कृष्ण बुढाथोकीले मजदुरहरु अन्यायका विरुद्ध जुट्न आह्वान गर्दै एक छाक भोकै बसेर भएपनि आफ्नो अधिकार लिनु पर्ने भनाई राख्नु भायो । उहाँले मजदुरको शक्ति एकजुट भए सर्वहारावर्गको राज्यसत्ता प्राप्त हुने भन्दै मजदुरहरुले पनि मालिक हुन पाउने व्यवस्थाको खाँचो रहेको औल्याउनु भयो ।
बैठकमा अखिल नेपाल क्रान्तिकारी टेड्र युनियान महासंघका प्रदेश नम्बर १ अध्यक्ष विष्णु चौधरीले असंगठित क्षेत्रका मजदुरहरुको लागि पनि क्रान्तिकारी टे«ड युनियानले काम गर्ने बताउनु भयो । उहाँले मजदुरका सन्तानले पनि उपयुक्त शिक्षा ,स्वास्थ्य , रोजगार र आवास पाउनु पर्ने भन्दै त्यसका लागि मजदुरहरुले अझै संघर्ष गर्न बाँकी रहेको स्पष्ट पार्नु भयो ।
बैठकमा नेकपा (क्रान्तिकारी मओवादी) प्रदेश सदस्य तथा प्रदेश १ को प्रचार तथा प्रकाशन विभाग प्रमुख अप्सरा बानियाँ , पार्टीका प्रदेश कमिटि सदस्य तथा जनवर्गिय संगठन मोरङका फ्याक्सन इन्चार्ज गणेश निरौलाले नवगठित कमिटिलाई शुभकामना दिनु भएको थियो । बैठकको अध्यक्षता तथा संचालन रत्न पराजुलीले गर्नु भएको थियो ।