नेकपा(क्रान्तिकारी माओवादी) महासचिव किरणव्दारा नागरिकताजस्तो सम्वेदनशील विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न सरकारसँग विशेष माग गर्दै प्रेस—वक्तव्य प्रकाशित

नेकपा(क्रान्तिकारी माओवादी) महासचिव किरणव्दारा नागरिकताजस्तो सम्वेदनशील विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न सरकारसँग विशेष माग गर्दै प्रेस—वक्तव्य प्रकाशित

साउज १० काठमान्डौ ।
श्रावण ६ गते प्रतिनिधिसभाद्वारा कथित फास्ट ट्र्याक मार्फत नागरिकता जस्तो अति संवेदनशील विषयसँग सम्बन्धित विधेयकलाई दफावार छलफलका लागि प्रतिनिधिसभाको विषयगत समितिमा नपठाई र कतिपय सांसदहरुले राखेका संशोधन प्रस्तावलाई समेत पूर्णत: वेवास्ता गरी पारित गरिएको छ । सो कार्य आपत्तिजनक छ ।
नागरिकता विधेयक पाससँगै नेपालमा जनसाङ्ख्यिक अतिक्रमण बढ्दै जाने र त्यसले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गम्भीर प्रभाव पार्नुका साथै राष्ट्रिय स्वाधीनता तथा अस्तित्वमा समेत खÞलल पुर्‍याउने स्वत: सिद्ध छ ।
नेपालको नागरिकता सम्बन्धी नीतिले भारतीय विस्तारवादी शासकवर्गले नेपालमाथि गर्दै आएको जनसाङ्ख्यिक अतिक्रमणलाई रोक्न र नागरिकताको प्रश्नलाई न्यायसङ्गत र सरल तरिकाले समाधान गर्नु पर्दछ । यी समग्र विषयहरुलाई ध्यानमा राखी राष्ट्रिय सहमतिका लागि पहल गर्न नेकपा(क्रान्तिकारी माओवादी) महासचिव किरणव्दारा सरकारसँग विशेष माग गदैृ निम्न वक्तव्य प्रकाशित गर्नु भएको छ :