दाङ, २५असार/ “स्वाधीन राष्ट्रिय अर्थतन्त्रकाे विकास अाजकाे अावश्यकता, दलाल पुँजीवादी व्यवस्थाका विरुद्ध हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ दाङ घाेराहीमा भएको उद्योगी व्यापारीहरुकाे भेलाले राष्ट्रिय उद्योग तथा व्यापार सङ्घ जिल्ला समिति दाङ गठन गरिएको छ । जसको अध्यक्षमा विष्णु रिजाल, उपाध्यक्षमा कृष्ण घिमिरे, सचिव श्रीधर पाेखरेल, काेषाध्यक्ष लाेकराज पमेखरेल र सदस्यहरुमा हरी पाेखरेल, राजेश्वर चाैधरी र गाेविन्द राेकाय सहित नाै सदस्यीय कार्यसमिति गठन गरेको छ ।
राष्ट्रिय उद्योग तथा व्यापार महासङ् लुम्बिनी प्रदेशका सदस्य कृष्ण घिमिरेकाे अध्यक्षतामा भएको भेलामा नेकपा (क्रान्तिकारी माअाेवादी)का केन्द्रीय सदस्य समीर केसी, राष्ट्रिय उद्योग व्यापार महासङ्घका केन्द्रीय सदस्य मधुसूदन वैद्य लगायतका वक्ताहरुले शुभकामना दिनुभएको थियो ।
उक्त भेलाले सङ्गठन विस्तार अभियानलाई सशक्त बनाउँदै दाङका सबै व्यापारिक केन्द्र र स्थानीय निकायहरुमा सङ्गठन विस्तार तथा निर्माण गर्ने निर्णय गरेको छ ।