
उकाली चढे पनि, ओराली झरे पनि
समथरमा कुदे पनि, भन्ज्याङ अनि

चौपारीमा थकाई मेट्न बसे पनि
सुनशान जंगलमा रहेपनि, कोलाहल शहरमा भय पनि
सन्चो रहे पनि, बिसन्चो भय पनि
खुशाय पनि, रिसाय पनि
आफु कतै हराय पनि
अघि रहे पनि या पछि परे पनि
विजय हुँदा पनि या पराजय भोग्दा पनि
कतै बाटो बिराय पनि या फेरि भेटिय पनि
युद्धमा भय पनि, सुनौलो शान्तिमा भए पनि
कथित शान्तिमा रहे पनि
सजिलो भय पनि या अप्ठ्यारोमा रहे पनि
हजार ठक्कर खाए पनि
लाख चुनौती आए पनि
उहाँप्रतिको माया
उहाँप्रतिको सम्मान र आस्था
सँधै अटल, अमर र अविचल रहनेछ !
षड्यन्त्रकारीहरुले
लोभी-पापीहरुले
बिचौलियाहरुले
भेडाको खोलभित्रका ब्वासाहरुले
हजार कोशिस गर्लान्
लाख प्रयास गर्लान्
करोड सत्तोसाराप गर्लान्
किनकि
षड्यन्त्रकारिको काम षड्यन्त्र गर्नु हो
बिचौलियाको धन्दा बिचमा बसेर जीवन धान्नु हो
लोभी-पापीको लक्षण -याल काढ्नु हो
ब्वासोको धर्म भेडाको सत्यानाश गर्नु हो
ठिक छ तिनीहरुले
आ-आफ्ना पेशा गर्दै जाउन्
आफ्नो ब्यापार बिस्तार गरुन्
हो कुनै दिन
हिड्ने बाटो फरक पर्न सक्छन्
सँगैको साथ फरक पर्न सक्छन्
बस्ने बास फरक पर्न सक्छन्
खाने गास फरक पर्न सक्छन्
तर्ने घाट फरक पर्न सक्छन्
तर जहाँ रहे पनि जता गए पनि
कसैले लुट्न सक्ने छैन
कसैले छेक्न सक्ने छैन
कसैले खोस्न सक्ने छैन
मेरा र हाम्रा उहाँप्रतिको आस्था
उहाँप्रतिको बिस्वास र
उहाँप्रतिको अदर !