२५ असार काठमाडौं ।
राष्ट्रियता र जनजिबिकाका बिषयहरुमा संयुक्त संघर्ष अगाडि बढाइरहेका ६ वाम दलहरुले यही असार २५ गते बिषयबिज्ञहरु सहित काठमाडौंमा एउटा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन ।
“ राष्ट्रिय स्वाधिनता रक्षाको लागि नागरिकता बितरण सम्बन्धी राष्ट्रिय दृष्टिकोण “ बिषयक उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेकपा ( मसाल ) विशेष महाधिवेशन आयोजक समितीका संयोजक सन्त बहादुर नेपालीले गरेका थिए । नेकपा ( क्रान्तिकारी माओवादी ) का स्थाइ समिती सदस्य परि थापाको समिक्षात्मक मन्तव्य रहेको सो अन्तरक्रिया कार्यक्रम नेकपा ( बहुमत ) का नेता कृष्ण धिमालको संचालन र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीको स्वागत मन्तव्यमा अघि बढेको थियो । अन्तरक्रिया कार्यक्रममा आयोजक ६ बाम दलका तर्फ बाट संयुक्त क्रान्तिकारी मोर्चाका प्रतिनिधि नारायण शर्माले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
पुर्व राजदुत एवं परराष्ट्रबिद हिरण्यलाल श्रेष्ठले अन्तरक्रियालाई सम्बोधन गर्दै राष्ट्रियताका लागि सबै भन्दा बढी खतरा जनसाङ्खिक अतिक्रमण भएको बताए । “यो बिधेयक तराइबासीको पनि हित बिपरित छ । यो खारेज गरिनु पर्छ । “ – परराष्ट्रबिद श्रेष्ठले भने – “ रैथाने नेपालिले पाउने तर बिदेशीले नेपाली नागरिकता लिनै नसक्ने खालको कठोर नागरिकता नीति ल्याउनु पर्दछ । “
पुर्व उपप्रधानमन्त्री एवं नेकपा ( माले )का महासचिव सिपि मैनालीले अन्तरक्रियामा बोल्दै प्रस्तुत अवधारणापत्र महत्त्वपूर्ण रहेको बताए ।
नागरिकता अध्ययन कार्यदलका संयोजक साध्य बहादुर भण्डारीले अन्तरक्रियालाई सम्बोधन गर्दै अहिले अगाडी बढाउन खोजिएको नागरिकता बिधेयक गम्भीर प्रकारको राष्ट्रघाती रहेको बताए । “केपि ओलिको पालामा ल्याइएको नागरिकता बिधेयक भन्दा अहिले देउवाको पालामा अघि बढाउन खोजिएको बिधेयक गम्भीर राष्ट्रघाती प्रकृतिको छ । “ – नागरिकताबिज्ञ भण्डारीको भनाइ थियो ।
अन्तरक्रियालाई सम्बोधन गर्दै बरिस्ठ अधिवक्ता एकराज भण्डारीले राष्ट्रियताका सवालमा नेपाल गम्भीर मोडमा उभिएको बताए । बरिस्ठ अधिवक्ता भण्डारीको भनाइ थियो – “नेपालमा भएका देशभक्त सहि वामपन्थी शक्तिहरु एक ठाउमा उभिएर राष्ट्रघाती नागरिकता बिधेयक खारेज गराउन लाग्नु पर्छ । म आफू पनि त्यही ठाउमा उभिनेछु ।“
अन्तरक्रिया कार्यक्रममा आफ्नो बिचार राख्दै पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले देउवा , प्रचण्ड र केपिले कट्टु लाएर अमेरिकाको दलाली गरेको भन्दै तिनलाई अब एउटै पार्टी बनाउन सुझाब दिए ।
अन्तरक्रिया कार्यक्रममा फ्लोर बाट राम बहादुर बुढा , नारायण सापकोटा , प्रकाशचन्द्र ढकाल र नारायण प्रसाद धिमाल लगायतले बिचार ब्यक्त गरेका थिए । कार्यक्रममा सबै दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
इच्छुक प्रतिष्ठानको सभाहलमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा धन्यवाद मन्तव्य माओवादी कम्युनिस्ट पार्टी नेपालका नेता पासाङ्ग मोक्ताङले राखेका थिए ।