अमेरिकी सेना नेपालमा भित्र्याउन लागिएको एसपीपी सम्झौताका विरुद्ध ने कपा( क्रान्तिकारी माओवादी ) चितवनव्दारा प्रधानमन्त्री देउवाको पुत्ला जलाउने कार्यक्रम

अमेरिकी सेना नेपालमा भित्र्याउन लागिएको एसपीपी सम्झौताका विरुद्ध ने कपा( क्रान्तिकारी माओवादी ) चितवनव्दारा प्रधानमन्त्री देउवाको पुत्ला जलाउने कार्यक्रम

असार १ चितवन ।

राष्ट्रघाती एमसीसी सम्झौतापछि अमेरिकाले नेपालमा अमेरिकी सेना भित्र्याउन नेपाली सेनासँग एसपीपी सम्झौताका लागि दबाब दिएको सात बर्ष भयो । एमसीसी पास गरेसँगै अब यो सम्झौता गराउन नेपालको सरकार र सेनालाई दबाब दिइरहेको छ । प्रधानमन्त्री देउवा यसका लागि सहमत भइसकेका छन् भने सेनालाई पनि सहमत गराउने प्रयास भइरहेको छ । अमेरिकाले नेपालमा आफ्नो सेना यही तैनाथ गरेर चीनका विरुद्ध गतिविधि गर्न खोजिरहेको छ । चीनका विरुद्ध स्थलगत आक्रमण गर्दा नेपाली सेनालाई समेत आफ्नो कमाण्डमा प्रयोग गर्ने गरी अमेरिकाले एसपीपी सम्झौता गराउन खोजेको छ । एसपीपी सम्झौतामा नेपालले हस्ताक्षर गरेमा नेपाल पूर्णरुपमा अमेरिकाको उपनिवेश बन्न पुग्ने र अमेरिकाले आफ्नो साम्राज्यवादी अभिष्ट अनुसार नेपालको भूमि, नेपालको सरकार, नेपालको कच्चा पदार्थ तथा मानवीय स्रोतसाधनको प्रयोग गर्ने देखिएको छ ।
नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेशनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्नको लागि अमेरिकाले प्रस्ताव गरेको हो । प्रस्ताव गरिएको साझेदारी पत्रमा १० बुँदा समेटिएका छन् । उक्त दस्तावेज अनुसार सम्झौता नेपालको रक्षा मन्त्रालय र अमेरिकाको पनि रक्षा मन्त्रालयमार्फत हुने उल्लेख छ । अमेरिकाले नेपाललाई सन् २०१५ मा एसपीसी कार्यक्रममा सहभागिताको लागि आग्रह गरे पनि नेपालले हालसम्म त्यसमा सहमति जनाइसकेको छैन ।
यसरी शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र जसपाको गठवन्धन सरकारले अमेरिकी सेना नेपालमा भित्र्याउन लागिएको एसपीपी सम्झौताका विरुद्ध नेकपा( क्रान्तिकारी माओवादी) जिल्ला समिति चितवनव्दारा प्रधानमन्त्री देउवाको पुत्ला जलाउने कार्यक्रम तय भएको जानकारी नेकपा( क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा जिल्ला समिति चितवनका इन्चार्ज विकासले दिनु भएको छ ।