सरकारले पेट्रोलियम पदार्थमा कर हटाएन, उल्टो थप मूल्य बढायो

सरकारले पेट्रोलियम पदार्थमा कर हटाएन, उल्टो थप मूल्य बढायो

काठमाडौं । पेट्रोलियम पदार्थमा लगाइएको ६३ रुपैयाँ कर घटाएर मूल्यवृद्धि नियन्त्रण गर्न चौतर्फी रुपमा दबाब उठिरहँदा सरकारले भने कर हटाउनुको सट्टा फेरि पेट्रोलिय पदार्थमा मूल्यवृद्धि गरेको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मटितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।
निगमले गत साता पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।